जन आकाश
बिनोद कार्की–
काठमाडौं– सामाजिक सञ्जालमा ‘भाइरल’ भएकाहरुलाई गीत गाउन लगाउँदा तथा भिडियो खेलाउँदा ‘भ्यूज’ बढी हुने लगानीकर्ताहरुको भनाई छ । उनीहरुका भिडियोहरुमा दर्शक रमाइरहेको हुनाले सुरुवाती चरणका केही गीतहरुको भ्यूज पनि राम्रो जाने लगानीकर्ताहरु बताउँछन् ।
नेपालमा धेरै प्रकारका भाइरलहरु छन् कोही प्रतिभाले भाइरल छन् भने कोहि छाडा भिडियो र छाडा बोलिले भाइरल छन् । भाइरलका नाममा उताउला भिडियो र उताउला गीतले नेपाली समाज नै अहिले विकृतिमय बन्दै गएको छ । टिकटक भाइरल भएकालाई स्थान दिएमा भिउज धेरै जाने गीत चर्चामा आउने लोभले अहिले म्युजिक भिडियोमा निर्माताहरुले भाइरललाई लिएर भिडियो बनाएको देख्न सकिन्छ । छाडा भिडियोमा दर्शकको नजर चाडो जाने भएकाले विदेशी शैलीका गीतलाई लिएर निर्माताहरुले गीतमा लगानी गरेका देखिन्छ । तर वास्ताविक्ता त्यो हैन नेपाली मौलिकतामा आधारित गीत, सङ्गीत, नेपालका गाउँ घरमा रहेका दुख, पिडा, वेदना बोकेका गीत, सङ्गीत, भनाई, लेख रचना मात्र देश र समाजका लागि हुन्छन । त्यस्तो नभएर त्यसको उल्टो आफ्नो फाइदाको लागि मात्रै कसैले भाइरल भएकाहरुलाई ‘मिस युज’ गरेको देखिन्छ । ‘भाइरल भएका कतिपयसँग राम्रो प्रतिभा पनि छ । उनीहरुको प्रतिभा चिनेर स्थान दिनुपर्छ । तर आफ्नो फाइदाको लागि जस्तालाई पनि प्रतिभा भन्नु राम्रो होइन ।’
अहिले ‘भाइरल’ भएकाहरुको भविष्यका बारेमा सोचेर अगाडि बढाउनुपर्छ । नत्र उदाएका प्रतिभाहरु केही समयमै हराउने गर्दछन् युटुबमा भाइरल भएपछि गीतसङ्गीतमा आएका केही कलाकारहरुले भने आफूलाई स्थापित गराइसकेका छन् । ‘भाइरल’ भएरै आएका रचना रिमाल, समीक्षा अधिकारी आज सांङ्गीतिक क्षेत्रमा व्यस्त गायिकामा गनिन्छन् । किनकि उनीहरुको गायन प्रतिभाले जो कोहीलाई लोभ्याउँदै आएको छ ।
अशोक दर्जीका गीतहरु आजपनि युट्युबमा लाखौँले हेर्छन् । कमला घिमिरेका गीतहरुलाई दर्शकले निकै मन पराउँछन् । तर, प्रतिभा नै नभएकाहरुलाई भाइरल भएका आधारमा स्थान दिँदा केही समय त भ्यूजले मख्ख पार्ला र्अको बुस्टिङ गरेर भ्युज धेरै देखाई समाजमा व्यापार गर्ने हरुको पनि कमी छैन । तर यसले सांगीतिक र मोडलिङ क्षेत्रका लागि खासै कुनै उपलब्धि भने गर्दैन । त्यसैले प्रतिभा हेरेर स्थान दिने गरौँ । भाइरलको नाममा समाजमा विकृति नफैलाउ नेपाली कलाकारलाई सम्मान गरौं कला साहित्यको जगेर्ना गरौँ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend