जन आकाश
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भरखरै संयुक्त राष्ट्रसंघको महासभा तथा चीनको भ्रमण सकेर देश फर्केकाछन् । यस्ता अन्तराष्ट्रिय भ्रमणलाई नेपालले सकारात्मक रुपमा लिनुपर्छ र नेपाली सवै मिलेर नेपालको प्रतिष्ठा बढाउने काम के के गर्न सकिन्छ । ति ति काम नेपालीहरुले गर्नुपर्छ । जस्तै अन्तराष्ट्रिय भ्रमणमा देशको कार्यकारी प्रमुख जादा त्यस देशले हाम्रो देशको जानकारी थाहा पाउने सञ्चार माध्यमवाट नै हो । ति सञ्चार माध्यमहरुले नेपालका सञ्चार क्षेत्रमा आएका समाचारहरु पढेर त्यसैलाई आधार बनाई समाचार बनाउने गर्छन र त्यो समाचार त्यस देशका सवै नागरिकले पढेर सुनेर थाहा पाउछन् अनि धारणा बनाउछन् । संसारको सञ्चार अभ्यास नै त्यही नै हो ।
तर नेपालका सञ्चार माध्यमहरुको विगत देखिको अभ्यास कस्तो छ भने राजनीतिक पार्टी पिछेका आस्था राख्ने सञ्चार संस्थाहरुले अर्को पार्टी सरकारको नेतृत्व विदेश भ्रमणमा जादा सधै आक्षेप लगाउने आकाश नै खस्यो जसरी भ्रमक समाचार प्रर्वाह गर्ने जस्ता कार्य हुदै आएकाछन् । यो गलत प्रबृति हो । अन्य साधारण समयमा जे जे विवाद गरेर वसेपनि हुन्छ । तर देशको प्रतिनिधित्व गरेर विदेशमा प्रतिनिधित्व भएको वेला नेपाल र नेपालीको राम्रो पक्षहरु अरुले थाहा पाए भने पो नपालीको शिर ठाडो हुन्छ र गर्वले गदगद हुन सकिन्छ । नेपालका प्रधानमन्त्रीको भ्रमणमा त्यस्तो भएन । नेपालका सञ्चार माध्यम देखि सामाजिक सञ्जाल, राजनीतिक पार्टी, विज्ञ भन्नेहरुले समेत प्रधानमन्त्रीको भ्रमणको बिषयमा तितो पोखे प्रचार त्यही अनुसारले गरे यो गर्नु नेपाल देशको गलत प्रचार गर्नु हो भन्ने ज्ञान ति मानिसहरुमा नभएको हुनाले नै त्यस्तो गरेका होलान् ।
नेपाल आफैमा यतिवेला आर्थिक संकटमा छ । देशमा सूचकहरु नकरात्मक तिर अग्रसरछन् । यतिवेला देशलाई अन्तराष्ट्रियस्तरमा सकरात्मक सन्देश दिदै नेपालीहरु इमानदार छन् । अर्थिक संकट छ । यसको लागि विगतमा कमजोरी भएका पक्षहरु सुधार गरेर नेपाललाई आत्मनिर्भर विकासको गतिमा लान अन्तराष्ट्रिय विकसीत राष्ट्रहरुसँग आग्रह गर्ने नेपालको स्वाभिमानमा आच नआउनेगरी आर्थिक, प्राविधिक, सहयोगहरु लिने जस्ता काम गर्न योजनाबद्ध अन्तराष्ट्रियस्तरमा देशको प्रतिनिधित्व गर्ने प्रधानमन्त्री लगायत भ्रमण टोलीमा रहेका नेपाल सरकारका सचिवहरु, कर्मचारीहरुले तयारीका साथ नै गएका हुन्छन् ।
कुनै कुनै भ्रमणमा त्यस्ता योजना नबनाई जादा र देशमा अविश्वास भएको खण्डमा देश भित्रकै कुप्रचारहरुले देशको पक्षमा हुन लागेका कार्यक्रम समेत प्रभावित हुन्छन् । बनाउछन् । त्यसकारण यस्ता दिर्धकालीन महत्वपूर्ण भ्रमणको वेला आम सञ्चार, देशका जिम्मेवार नागरिक, राजनीतिक दल त्यसमा आस्थावान मुखपत्र सञ्चार माध्यमहरु सयमित भई काम गर्नुपर्छ । देशको प्रतिनिधित्व गरेर अन्तराष्ट्रियस्तरमा भ्रमणमा रहेका टोलीहरुलाई हौसला देशको राम्रो पक्षहरुको अपटुडेट गरेर प्रोत्साहन गरेर देशको प्रतिष्ठा बढाउने काम गर्नुपर्छ । त्यस्तो यो पटक नेपालका सञ्चारमाध्यम, समाजिक सञ्जाल, जिम्मेवार नागरिक, राजनीतिक पार्टीहरुको प्रतिबद्धता देखिएन उल्टै कल्पना नगरिएका शब्दहरुले भ्रमण दलका टोलीहरुको विरुद्धमा शव्दहरु उठान भएको पाइयो ।
त्यसकारण आम सञ्चार माधयममा कार्यरत सवै सञ्चारकर्मीहरुले यो घटना पछि आउदा दिनमा जो जुन पार्टीको नेतृत्वको सरकारहोस् । त्यो सरकार पार्टीको होइन विदेश जादा नेपालको प्रतिनिधित्व गरेर जाने हो । त्यसैले देशको प्रतिष्ठा नै सवैभन्दा महत्वपूर्ण विषय हो । आन्तारिक समस्या त जहिले मिलाए पनि हुन्छ । अन्तराष्ट्रिय सम्बन्ध सुधार सम्झौता विकास जस्ता कुराहरुमा जहिले पनि गर्न सकिदैन । त्यसकारण आम सञ्चारको यस्तो बेलामा महत्वपूर्ण भुमिका हुने हुनाले बढी जिम्मेवारी हुनुपर्छ । आउदा दिनमा देशको प्रतिनिधित्व विदेश भ्रमणमा हुदा देशका सञ्चार माध्यम सकारात्मक हौउन ।
२०८० असोज १६ गते प्रकाशित जनआकाश साप्ताहिक पत्रिकाको सम्पादकीयवाट लिएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend