logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गायिका दिलमाया खातीको निधन


  • जन आकाश
  • बुधबार, असोज १७ २०८०

काठमाडौं । नेपाली सुगमसंगीतकी चर्चित गायिका दिलमाया खातीको निधन भएको छ । दमबाट पीडित ८४ वर्षीया खातीको गएराति निधन भएको हो ।



उनले ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’ ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ ‘खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती’ लगायतका गीत गाएकी छन् । दार्जिलिङमा जन्मिएकी उनले नेपाली भाषाका एक सयभन्दा बढी गीतहरु गाएकी छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend