logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

श्रीलंकालाई हराउँदै पुग्यो अफगानिस्तान सेमिफाइनलमा


  • जन आकाश
  • बुधबार, असोज १७ २०८०

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा श्रीलंकालाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको छ ।



चीनको हान्झाउमा बुधबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८.३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनायो । उसका लागि नरु अली जदरानले सर्वाधिक ५१ रन बनाए । एक रन जोड्दा ओपनर सिदीकुल्लाह अटललाई गुमाएको अफगानिस्तानका लागि नुरले उत्कृष्ट पारी खेले ।

दोस्रो विकेटका लागि मोहमद शहजादसँग ५४ रनको साझेदारी गरेका उनले तेस्रो विकेटका लागि शहिदुल्लाहसँग ३७ रनको साझेदारी गरे । उनी पाँचौं विकेटका रुपमा व्यक्तिगत ५१ रनमा आउट हुँदा टिमको स्कोर ११२ रन रन थियो । थप चार रन जोड्दा अफगानिस्तान अलआउट भयो ।

जवाफमा मैदान उत्रिएको श्रीलंकाले १९.१ ओभरमा सबै विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो  उसलाई सस्तैमा समेट्ने क्रममा गुलाबदिन नायब र कैस अहदमले समान तीनरतीन विकेट लिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend