logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“परदेशी २ ” को नयाँ गीत सार्वजनिक


  • जन आकाश
  • बुधबार, असोज १७ २०८०

काठमाडौं ।  नारायण रायमाझीले निर्देशन गरेको फिल्म परदेशी २ को नयाँ गीत सार्वजनिक गरिएको छ ।



बुधबार म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्ममा समावेश कुरा सिधा छ बोलको गीत सार्वजनिक गरिएको हो । डान्सिङ शैलीको गीतमा अभिनेता प्रकाश सपूत र वर्षा सिवाकोटीलाई देख्न सकिन्छ । प्रताप दास र मिना निरौलाको स्वर रहेको गीतमा बि.बि अनुरागीको शब्द तथा संगीत छ । गोविन्द राईले भिडिओको कोरियोग्राफी गरेका हुन् । लिरिकल शैलीमा तयार गीतको भिडिओलाई सम्पादन भने मिराज अर्यालले गरेका छन् ।

फिल्ममा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सविन बास्तोला, रोशनी कार्की लगायत कलाकारको अभिनय छ । गायक प्रकाश सपूतले यस फिल्ममार्फत डेब्यू गर्न लागेका हुन् । रमेश बिजीको कथा र पटकथा लेखन रहेको फिल्मलाई राजेश वंशल र निर्देशक रायमाझी स्वयंले संयुक्त रूपमा निर्माण गरेका हुन् । मानकृष्ण महर्जनले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend