logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो


  • जन आकाश
  • बिहिबार, असोज १८ २०८०

काठमाडौं । नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।



चीनको हाङझाउमा १९ औं एसियाली खेलकुदमा सहभागी भई नेपाली टोली आज बिहान साढे ११ बजे स्वदेश फर्किएको हो । त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले क्रिकेट खेलाडीहरूलाई स्वागत गरेका थिए । खेलाडीलाई स्वागत गर्न क्यानका उपाध्यक्ष रोशन सिंह लगायत अन्य सदस्यहरू विमानस्थल पुगेका थिए ।

एसियाली खेलकुदमा नेपाल क्वार्टरफाइनलमा भारसँग पराजित हुँदै बाहिरिएको थियो । समूह चरणमा मंगोलिया र माल्दिभ्सविरूद्ध सानदार जित निकालेको थियो । मंगोलियाविरूद्धको खेलमा नेपालले विभिन्न कीर्तिमान समेत बनाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend