जन आकाश
काठमाडौं । नारायण रायमाझीले निर्देशन गरेको फिल्म परदेशी २ को ट्रेलर सार्वजनिक भएको छ ।
शुक्रबार म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा विदेशमा रहेका नेपाली विद्यार्थी र गाउँघरमा रहेका आमाबुवाको कथालाई देखाइएको छ । राजेश वंशल र निर्देशक रायमाझीको लगानी रहेको फिल्ममा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय छ। यो लोकगायक प्रकाश सपूतको डेब्यू फिल्म हो ।
फिल्मको कथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बिजीले तयार पारेका हुन् । मानकृष्ण महर्जनले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्। यो फिल्म दशैंको अवसर पारेर असोज २६ गतेदेखि प्रदर्शन हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend