जन आकाश
काठमाडौं– गायक तथा सर्जक, गजलकार बिरेन्द्र मालाकार नेपाली सागीतिक बजारमा निकै चर्चामा रहेका व्यक्तित्व हुन । पछिलो समय हेर्ने हो भने मालाकार स्थानीयदेखि अन्तराष्ट्रिय स्तरमा आयोजना हुने कार्यक्रमहरुमा समेत निकै ब्यस्त देखिन्छन् ।
एकदर्जन भन्दा बढी नेपाली मौलिकता झल्काउने गीतमा स्वर दिसकेका छन् स्मल वल्ड टिभी बाट हरेक हप्ताको शुक्रबार गजल प्रशारण गर्दै भाग २८० सम्म पु¥याइसकेका छन् । लामो समयदेखि गीतसंगीत क्षेत्र र गजल गाउदै आएका बिरेन्द्र मालाकारसँग जन आकाश साप्ताहिका रिपोर्टर बिनोद कार्कीसँग गरेको कुराकानी यस अंकमा प्रस्तुत गरिएको छ ।
तपाईको बाल्यकाल कसरी बित्यो ?
मेरो बाल्यकाल सामान्य जनजीवनमा बित्यो त्यति हुनेखाने पनि हैन् । ललितपुर जिल्लाको धापाखेल नागदह वरिपरी कहिले मेलापात कहिले उकाली ओराली सामान्य गाउँघरमा दुखदाही अबस्थामै मेरो बाल्यकाल बित्यो । सानैदेखी गीत संगीत क्षेत्रमा रुचि थियो गाउँघरमा उकाली ओराली गर्दा धेरै गीत संगीतहरु सुन्ने गर्थे र गुनगुनाउने गर्थे तेसरी नै मेरो गीत संगीत प्रति रुचि जाग्यो ।
तपाई कलाकारिता क्षेत्रमा लागेको कति भयो ?
कलाकारिता क्षेत्रमा लागेको झन्डै सात बर्ष जति भयो मैले एकदर्जन भन्दा बढी गीतमा स्वर दिसकेको छु । आफ्नै युटुब च्यानलबाट हरेक हप्ताको शुक्रबार एउटा, एउटा गजल प्रशारण गरी गजल भाग २८० सम्मा पु¥यायको छु । मैले पछिल्लो समय डम्फु र टुङना गीत बजारमा ल्याएको छु छोटो समयमै दर्शक, स्रोताको मन जित्न सफल भएको छु ।
गायक, सर्जक, गजलकार हुनुहुन्छ । तपाई थुप्रै मेला मउत्सवमा देखिनुहुन्छ । महोत्सवमा जाँदा दर्शकले कुन गीत बढी रुचाउछन ?
थुप्रै मेला मउत्सवमा हिढिरहदा मैले थुप्रै गीतहरु गाउने गर्छु मेरो दर्जनौ गीतमध्य सबै भन्दा धेरै दर्शकले रुचाइदिएको गीत “जौ मायाँ सरर धरान बजार उढायो रेलैले हावा सरर” बोलको गीत दर्शकले धेरै रुचाइदिनु भएको छ । म प्राय स्टेज प्रोग्राममा जाँदा धेरै जस्तो यो गीत गाउने गर्छु ।
तपाइले लामो समय कलाकारीता क्षेत्रमा समय बिताइसक्नु भएकोछ । यस क्षेत्रमा समय बिताइरहदा सम्झिन लायक कुनै तेस्ता अबिष्मरणीय क्षणहरु छन् ?
जिवनको अबिष्मरणीय क्षण भनेको पहिलो गीतमा आफैले अभिनय गर्दा क्यामेराको अगाढी प्रस्तुति राम्रोसँग दिननसकेको र गीत सार्वजनिक भएपछि पनि आफुले गरेको अभिनय आफुलाई राम्रो नलागेको क्यामेराको अगाडि अभिनय गर्न त्यति सजिलो भएन् ।
तपाई कस्ता खालका गीतसंतहरु सन्नु हुन्छ । र कस्ता खालका गीतहरु गुनगुनाउनु हुन्छ गीत संगीतहरु त धेरै प्रकार छन् ?
गीत संगीतहरु त धेरै प्रकारका छन् प्राय सबै प्रकारका गीतहरु सुन्ने गर्छु । बिशेष गरी नेपाली मौलिकता झल्काउने लोक गीतहरु सुन्ने गर्छु । मेरो जर्नामा सुवाउने गीतहरु सुन्ने र गुनगुनाउने गर्छु ।
कलाकारीता क्षेत्रमा लामो समय बिताउनु भएको पुरानो कलाकार हुनुहुन्छ । भोलिका दिनमा आउने नव प्रतिभाको लागि के भन्न चाहानुहुन्छ ?
यो क्षेत्र सबैको हो आउनुस आफ्नो प्रतिभा देखाएर अगाढी बढ्नुस् हामीबाट पनि तपाईहरुलाई साथ सयोग मिल्ने छ । यो क्षेत्रमा संघर्ष गर्नुस नहुने कुरा केही हुँदैन् । हुनत यो गीत संगीत क्षेत्र र कलाकारीता क्षेत्रमा कुन बेला कस्को भाग्य चम्किन्छ । थाहाँ नै हुँदैन् । आउनुस अगाडि बढ्नुस मेहनत गर्न नछोढ्नुस् । यो संसारमा सम्भव नहुने भन्ने काम केही हुदैन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend