logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

विश्वकप क्रिकेटमा भारतको विजयी सुरूवात


  • जन आकाश
  • सोमबार, असोज २२ २०८०

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक राष्ट्र भारतले विजयी सुरूवात गरेको छ ।



चेन्नाईको एमए चिदम्बरम् स्टेडियममा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले एकदिवसीय विश्वकपको जारी संस्करणमा सुखद सुरूवात गरेको हो । अष्ट्रेलियाले दिएको २०० रनको सामान्य लक्ष्य भारतले ४१.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

भारतको जितमा विराट कोहली र केएल राहुलले सानदार ब्याटिङ गरे । ओपनर तथा कप्तान रोहित शर्मा र इशान किसनसँगै श्रीयाश ऐयर शून्य रनमै आउट भएपछि दबावमा परेको भारतीय टोलीलाई कोहली र राहुलले खेलमा फर्काएका थिए । कोहलीले ११६ बल खेलेर ६ चौका प्रहार गर्दै ८५ रन बनाउँदा केएल राहुल ११५ बलमा ८ चौका र २ छक्का प्रहार गरी ९७ रनमा नटआउट रहे। खेलमा हार्दिक पाण्ड्याले ११ रन बनाएका थिए ।

बलिङतर्फ अष्ट्रेलियाका हेजलउडले तीन र मिचेल स्टार्कले एक विकेट लिए  टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाएर १९९ रन बनाएको थियो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend