जन आकाश
काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्र फराकिलो बन्दै गएको छ । त्यस्तै सांगीतिक क्षेत्रमा पछिल्लो समय एक पछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकारले नयाँ नयाँ गितहरु सार्वजानिक भइरहेकाछन् ।
सोही क्रममा रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका शिवालयमा जन्मिएका लोकप्रिय भलिबल खेलाडी बिवेक कार्कीको मेरो पहिलो पहिलो माया बोलको गीत समिप इन्टरटेन्टमेन्ट युटुव च्यानलबाट सार्वजनिक भएको छ । सोही गीत छोटो समयमै दर्शकहरुमाझ निकै लोकप्रिय बन्दै गएको छ ।
सुधान्स कार्कीको आवाज रहेको गीतमा शब्द/ संगीत उत्तम थापाले गरेकाछन् । गीतमा चन्दु गोर्खालीको एरेन्ज रहेको छ भने क्यामरामेन बिशाल थापाको रहेको छ । भिडियो निर्देशन दिलिप समन र मुख्य सायक निर्देशन सुनिल बुढाथोकीको रहेको गीतमा राष्ट्रिय भलिबल खेलाडी बिबेक कार्की र चर्चित मोडल बिना राउत र बालकलाकार शोरा कार्कीको मार्मिक अभिनय आकर्षक रुपमा देख्न पाइन्छ ।
छाडा र उत्ताउला गीतले समाजलाई नै खल्लो र बिकृति उन्मुख बनाइरहेको बेला बिवेक कार्कीले मायाँ पिरतीको झल्को मेटिने गरी मार्मिक आधुनिक गीतको म्युजिक भिडियो सहित बजारमा ल्याएका छन । उक्त गीत अहिले टिकटक फेसबुकका पेजहरुमा निकै चर्चामा आएको देखिन्छ ।
गीत संगीत क्षेत्र र कलाकारीता क्षेत्रमा धेरै रुचि राख्ने विबेक याक्टर स्टुडियो नेपालबाट लामो समय याक्टिङ सिकेर मोडलिङको यात्र तय गरेका हुन् । अनुप बराल र दिया मास्केबाट थ्रेटर गरेर आएका कार्कीले थुप्रै म्युजिक भिडियो र फिल्मको साइडमा समेत काम गरिसकेका छन् ।
नेपाली भलिबल जगतमा एउटा परिचय बनाउन सफल राष्ट्रिय भलिबल खेलाडी बिबेक कार्की यतिबेला कलाकारिता क्षेत्रमा पनि देखिन थालेका छन् । यस अघि कार्की नेपाल भलिबल संघद्वारा आयोजित ( NVA Cup club championship) त्यस्तै नवौ राष्ट्रिय खेलकुदमा बाग्मती प्रदेशबाट लगायत विभिन्न राष्ट्रिय तथा खुल्ला भलिबल प्रतियोगितामा कुशल खेलाडीको रुपमा आफुलाइ प्रस्तुत गरेका थिए । पछिलो समय खेलसँगै मोडलिङमा पनि उतिकै कार्की व्यस्थ देखिन्छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend