जन आकाश
काठमाडौं । पहिलो खेलमा इंग्ल्यान्डलाई ९ विकेटले पराजित गरेको न्युजिल्यान्डले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९९ रनले हरायो ।
न्युजिल्यान्डले आइसिसी एकदिवसीय विश्वकपमा लगातार दोस्रो जित निकालेको छ । सोमबार हैदराबादमा भएको विश्वकपको छैटौँ खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले हराएको हो । तीन सय २२ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४६.३ ओभरमा सबै विकेट गुमाउँदा मात्र दुई सय २३ रन बनाउन सक्यो । जितपछि न्युजिल्यान्ड दुई खेलबाट चार अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।
नेदरल्यान्ड्स विनाअंक आठौँ स्थानमा छ । दोस्रो चरणका खेल सुरु हुँदा दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र भारतको समान दुई अंक छ । पहिलो खेलमा नेदरल्यान्ड्ससँगै अस्ट्रेलिया, अफगानिस्तान, श्रीलंका र इंग्ल्यान्ड पराजित भएका थिए । न्युजिल्यान्डले पहिलो खेलमा इंग्ल्यान्डलाई ९ विकेटले हराएको थियो ।
इंल्यान्डले दिएको दुई सय ८३ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड एक विकेट गुमाउँदै ३६.२ ओभरमा विजयी भएको थियो । नेदरल्यान्ड्सको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेदरल्यान्ड्स पाकिस्तानसँग ८१ रनले हारेको थियो । दुई सय ८६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स दुई सय ५ विकेटमा सीमित भएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend