जन आकाश
काठमाडौं । दोस्रो संस्करणको राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड सम्पन्न भएको छ । चलचित्र विकास बोर्ड चाबहिलमा एक विशेष समारोहबीच कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रम सम्पन्न भएको हो । एक्टिभ इन्टरटेनमेन्ट प्रा.लि.का अध्यक्ष बिजेन्द्र नौबागेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बिभिन्न बिद्याका कलाकारहरुलाई अवार्ड वितरण गरिएको थियो । कलाकारहरुले बीच बीचमा आफ्नो प्रस्तुति समेत दिएका थिए । झण्डै चार घण्टासम्म चलेको कार्यक्रममा मनोरञ्जनले भरिपुर्ण पारिएको थियो ।
उक्त कार्यक्रमलाई प्रायोजन गर्ने बिरुवा गाउँपालिका कार्यालय स्याङ्जा, चापाकोट नगरपालिका कार्यालय स्याङ्जा, हरिनाश गाउँपालिाका कार्यालय स्याङ्जा, वेलकम इन्टरनेशनल प्रा.लि.सामाखुसी काठमाडौं, डिजिटल काठमाडौं रेकर्डिङ स्टुडियो काठमाडौंलाई विशेष सम्मान गरिएको थियो ।
समारोहमा सर्वोत्कृष्ट अवार्ड जस्तै अभिनय, आधुनिक गायक, गायिका । नवगायक,गायिका । मोडल पुरुष, महिला । संगीतकार, भिडियो इडिटर, रचनाकार, लय झण्डै ६० विद्याभन्दा बढी अवार्ड प्रमुख अतिथिको हातवाट वितरण गरिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend