logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

‘हरामी’ बोलको गीत सार्वजनिक


  • जन आकाश
  • बुधबार, असोज २४ २०८०

काठमाडौं । चरञ्जीवी भण्डारी र अञ्जु पन्तको स्वरमा रहेको गीत ‘हरामी’ सार्वजनिक भएको छ । प्रतिमा गुरुङको शब्द, भीम बिसीको संगीत, उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।



शिव विकले निर्देशन गरेको गीतको भिडियोमा दुर्गेश थापा, दीपेन्द्र सोनाम, गरिमा शर्मा, कविता नेपाली लगायतको अभिनय छ । उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा विष्णु खड्काको सम्पादन छ । गीतको भिडियो चिरञ्जीवीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

चिरञ्जीवी आफैं संगीतकार पनि हुन् । उहाँका यसअघि ‘विस्तारै विस्तारै, बदमाश, मायालु तिमी मेरो, तिमीसँगै हुन, यो मायाले, पैसा फ्यांक तमाशा देख, बच्चाकी आमा, तिमी छौ र त, त्यो दिन सम्झ, गल्ती के भयो’लगायत दर्जनौ गीत श्रोतारदर्शकमाझ आएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend