जन आकाश
काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलंकामाथि ६ विकेटको सानदार जित निकालेको छ । हैदरावादको राजीव गान्धी इन्टरनेसनल क्रिकेट स्टेडियममा मंगलबार राति सकिएको खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको हो ।
श्रीलंकाले दिएको ३४५ रनको फराकिलो लक्ष्य पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा ओपनर अबदुल्लाह शफिक र मोहम्मद रिजवानले शतक पूरा गरे। रिजवानले १९३ बलमा ८ चौका र ३ छक्का प्रहार गरी १३१ रन बनाए । शफिकले १०३ बलमा १० चौका र ३ छक्का प्रहार गरी ११३ रन बनाए ।
साउद शकिलले ३० बलमा २ चौका प्रहार गरी ३१ रन बनाए। इफ्तीखार अहमदले अविजित २२ रन बनाए। इमाम उल हकले १२ र कप्तान बाबर आजम १० रन बनाएर आउट भएका थिए । बलिङमा दिलसान मदुसंकाले २ विकेट र महिश थिकशानार मथिशा पथिरनाले १र१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पूरा ओभर खेलेर ९ विकेटको क्षतिमा ३४४ रन बनाएको थियो । यसअघि श्रीलङ्काका लागि ब्याटिङ गर्ने क्रममा कुशल मेन्डिस र सदिरा समराविक्रमाले शतकीय पारी खेले । मेन्डिसले सर्वाधिक एक सय २२ रनको योगदान दिए । उनले ७७ बल खेल्ने क्रममा १४ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै समराविक्रमाले एक सय आठ रन बनाए । उनले ७९ बल खेल्दै ११ चौका र २ छक्का हाने । यस्तै पठुम निसान्काले ६१ बलमा ५१ रन जोडे उनले यस क्रममा सात चौका र एक छक्का हाने । धनञ्जय डी सिल्भाले ३४ बलमा चार चौकासहित २५, कप्तान दशुन शनाकाले १२ र दुनिथ वेलालागेले १० रन बनाए ।
बलिङतर्फ पाकिस्तानका हसन अलीले चार, हरिस रौफले दुई तथा शाहिन अफ्रिदी, मोहम्मद नवाज र शादब खानले एकरएक विकट लिए । श्रीलंकाले पाकिस्तानसँगको पछिल्लो भेट एसिया कपको सेमिफाइनल खेलमा सनसनीपूर्ण जित निकालेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend