logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

‘घिन घिन मादल घिन’ बोलको गीत सार्वजनिक


  • जन आकाश
  • बिहिबार, असोज २५ २०८०

काठमाडौं । गायक आशिष सचिनको ‘घिन घिन मादल घिन’ बोलको गीतको सार्वजनिक भएको छ । गायक सचिनसँगै गायिका बेनिशा पौडेलको स्वर रहेको सार्वजनिक गीतमा गायक सचिन स्वयं र मोडल शनिशा भट्टराईको रोमान्टिक अभिनय भिडिओमा देख्न सकिन्छ ।



पछिल्लो पुस्ताका चर्चित संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी र मनभित्र पलाएको मायालाई लुकाएरै राख्ने मायालुको स्वभावलाई निर्देशक मौसम हिमालीले फिल्मी शैलीमा भिडिओमार्फत् देखाएका छन् ।

नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने भिडिओको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका हुन् । निर्देशक हिमालीकै कन्सेप्ट र कोरियोग्राफी रहेको भिडिओको निर्माण ओम अग्रवालले गरेका हुन् ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend