जन आकाश
काठमाडौं– नेपाली साङ्गीतिक क्षेत्र होस या कलाकारिता क्षेत्र पछिलो समय प्रतिभा हुनेका लागि भन्दा पैसा हुनेका लागि स्थान दिने प्रचलन बढ्दै गएको छ ।
कलाकारिता क्षेत्रमा भविष्य बनाउने धेरैको रहर हुन्छ । “कोहीसँग प्रतिभा हुन्छ पैसा हुदैन” “कोहीसँग पैसा हुन्छ प्रतिभा हुँदैन” हरेक मानिसलाई जीवनमा एउटा न एउटा अभावले पिरली रहेको हुन्छ ।
नेपालमा राजनीतिक क्षेत्रमा आएको विकृति जस्तै कलाकारिता क्षेत्रमा पनि आफ्नो मान्छे छानेर स्थान दिने गरिन्छ । तर त्योभन्दा भिन्न अवस्थाबाट नेपाली कला क्षेत्रलाई माया गर्ने एक अधभूत क्षमता भएका कपिलवस्तुका दीपक हमाल प्रतिभाको लागि सम्मान र नव प्रतिभाका लागि स्थान दिने कार्यक्रम सङ्गीत खबरमा आफ्ना दुख सुनाउँदै थुप्रै क्यारिकेचर र अभिनय लिएर सबैलाई भावुक बनाएका छन ।
थुप्रै जनावरको र केटिको आवज बुढी मान्छेको आवज लगायत थुप्रै आवाजमा क्यारिकेचर गर्ने दीपक हमाल यतिबेला कलाकारिता क्षेत्रमा आफ्नो भविष्य बनाइदिने मान्छेको खोजिमा छन् ।
सानैदेखि कलाकारिता क्षेत्रमा भविष्य बनाउने सोच बोकेका दीपक हमालको जन आकाश मिडियाले निर्माण गरेको सङ्गीत खबर कार्यक्रममा गरिएको कुराकानी यस अंकमा प्रस्तुत गरेका छौं ।
विगत केही बर्सदेखि कपिलवस्तुबाट कामको सिलसिलामा काठमाडौं आएका दीपक हमाल अहिले काभ्रेको बनेपामा फर्निचरमा सामान्य खाना पकाउने काम गर्दै छन् ।
शारिरीकरुपमा अशक्त धेरै लोड हुने काम गर्न नहुने , शारिरीकरुपमा अशक्त भएकै कारण आफूले माया गरेको जीवन साथी आफ्नो दुई वर्षको छोरी छाडेर सम्पर्क विहिन भएको र अहिले सामान्य फर्निचरको काम गर्दै छोरीलाई पढाउदै आएको दीपकले जन आकाश मिडियासंग बताएका छन् ।
आफ्नी दुई बर्षकी छोरिले आमाको खोजि गर्दा म आफै केटिको आवाज निकालेर आमा बन्ने गर्थे किनकी मेरी छोरिलाई आमा नभएको महसुस नहोस् भनेर म किटी बनेर छोरिसँग खेल्ने गर्थे मेरो मुटु मेरो प्राण भनेकै मेरी छोरी हो ।
कलाकार बन्ने ठुलो रहर छ एक दिन कलाकार भएर आमा बुवाको नाम राख्ने मन छ तर यो बिरानो मुलुक काठमाडौं सहरमा कलाकारिता क्षेत्रमा लागेका कुनै व्यतिलाई चिनेको छैन कलाकार बन्ने सपना सपनामै सीमित होला जस्तो छ । अब काठमाडौमा बसेर नी केही गर्न सकिएन अब खाडिमुलुक विदेश तिर लाग्छु होला भावुक हुँदै थुप्रै क्यारिकेचर र अभिनय गर्न सक्ने दीपक हमाल जन आकाश मिडियासंग बताउँछन् ।
पुरा अन्तर्वार्ता हेर्ने तल लिङ्क राखिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend