जन आकाश
काठमाडौं । कमर्सियल गाडीहरुको विक्री वितरणमा नेपालको स्थापित डिलर शशिला मोटर्स् प्रा.लि. ले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ ।
जसका लागि प्रा.लि.ले शुक्रवार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसंग सम्झौता गरेको हो । हाइगर बस कम्पनी लिमिटेडले बिश्वका १ सय ३० भन्दा धेरै देशहरुमा आफ्नो उपस्थिती जनाइसकेको छ । हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहु चर्चित तथा सुप्रसिद्ध ब्राण्ड हो । यो सम्झौतासंगै शशिला मोटर्स् प्रा.लि. हाइगर भ्यानको नेपालका लागि एक मात्र आधिकारक बितरक बनेको छ ।
सुरुमा प्रा.लि.ले १६ सिट क्षमता काइभीमिनिभ्यान र मिनिवस नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ । जुन वातावरण मैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनिबस रेञ्जहरुमा ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने शशिला मोटर्स प्रा.लि. का प्रवन्ध निर्देशक सन्तोष खतिवडाको विश्वास छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend