जन आकाश मिडिया प्रा.लि ले निर्माण गरेको सङ्गीत खबर कार्यक्रमले विभिन्न लेभलका अग्रज देखि नव प्रतिभा सम्मको व्यक्तित्वहरुलाई स्थान दिँदै आएको छ । लुकेका प्रतिभालाई प्रस्फुुटन गर्ने अग्रजलाई सम्मान दिने सङ्गीत खबर कार्यक्रम हरेक हप्ताको बुधबार जन आकाश मिडियाको युटुब च्यानल जन आकाश टिभीबाट प्रशारण हुँदै आएको छ । भने प्रतिभा र स्थान नपाएका नव प्रतिभासँग गीत सङ्गीत सम्बन्धी गरेको भलाकुसारीलाई हरेक हप्ताको मङ्गलवार बजारमा सार्वजनिक हुने जन आकाश पत्रिकामा समेत सम्प्रेषण हुँदै आएको छ ।
सुमधुर स्वर र थुप्रै क्यारिकेचर बोकेर कैलाली टेक्निकल, टेक्नोलोजी कलेजका प्रिन्सिपल दिपदर्शन कुवँर सङ्गीत खबर कार्यक्रमको कुराकानीमा यसरी जोडिन्छन् ।
विगत केही वर्षदेखि कैलाली मोहन्याल गाउँपालिकामा टेक्निकल टेक्नोलोजी कलेजमा प्रधानाध्यापक भूमिका निर्वाह गदै आउनु भएको र एमाले पार्र्टीमा पनि सक्रिय रहेका दिपदर्शन कुवँरको कुराकानीलाई हामीले यस अंकमा प्रस्तुत गरेका छौं ।
तपाई विभिन्न लेबलको विद्यार्थीलाई पढाउदै आउनु भएको छ शिक्षक भएर राजनीति क्षेत्रमा लाग्न पाइँन्छ ?
म एउटा प्राइभेट शिक्षक हो मलाई पूण रूपमा नेपाल सरकारले अनुमति दिएको छ । शिक्षकभएर राजनीति क्षेत्रमा लाग्न नहुने भन्ने होइन एउटा गायकले गीत पनि गाउन पाइन्छ । जस्तै बालेन साह गायक पनि हुन जनताको जनप्रतिनिधि पनि हन् । त्यसैले म राजनीतिक गर्छु मेरा विद्यार्थी भाइबहिनीहरूलाई असर नपुग्ने गरी राजनीति क्षेत्रमा अगाडि बढ्छु ।
अहिले देशमा आर्थिक संकट आउदा एमाले पार्टीले के गरेको छ देशको लागि ?
एमाले पार्टी अहिले सकारमा छैन । अहिले एमालेले यति नै गरो भन्न सक्दिन एमाले पार्टी भित्र पनि राम्रा र नराम्रा मान्छे छन् । त्यसैले अहिले पार्टीले यति नै गरो भन्न सकिदैन्
गीत सङ्गीत क्षेत्रमा भविष्य छ जस्तो लाग्छ कि छैन जस्तो लाग्छ ?
यो सङ्गीत क्षेत्रमा भविष्य छ तर स्थापित हुन् धेरै टाइम लाग्छ अब त्यसमा पनि दर्शकले रुचाइदिनु पर्ने हुन्छ । दर्शक श्रोताको मनमा बस्न सकियो भने अवश्य गीत सङ्गीत क्षेत्रमा भविष्य बनाउन सकिन्छ । हेरम अब सिक्ने क्रममा छु ।
तपाई कस्ता खालका गीतमा रुचि राख्नु हुन्छ ?
म प्राय सबै प्रकारका गीतहरू सुन्ने गर्छु मलाई प्राय सबै प्रकारका गीतहरू मन पर्छ विशेष गरी नेपाली मौलिकता झल्काउने पश्चिमेली लोक भाकाका सुन्ने र गुनगुनाउने गर्छु । अहिले पछिल्लो समय नेपाली लोक भाकामा पनि छाडा विकृति आएको देख्दा लोकदोहरी प्रतिष्ठानले याक्सन लिनु पर्ने हो कि जस्तो लाग्छ ।
हाम्रा माग पुरा गर भन्दै शिक्षक सडकमा उत्रिएका छन् भोलिका दिनमा शिक्षकको भविष्य कस्तो छ जस्तो लाग्छ ?
टिचरहरूका सबै माग पुरा गर्न सक्ने स्थिति छैन । निजामती कर्मचारीका सबै माग सरकारले सम्बोधन गर्न सक्दैन् । सरकारको क्षमता अनुसार सबै शिक्षक र निजामती कर्मचारीको माग पुरा होस् ।
भोलिका दिनमा गीत संगीत क्षेत्रमा कसरी जाने सोचमा हुनुहुन्छ ?
म राजनीति गर्दा पनि मेरो प्रचार प्रसार गर्नको लागि म आफै एउटा गीत गाउछु गीत सङ्गीत भनेको मेरो आधा ज्यान नै हो । म आमालाई सय चोटि सम्झिन्छु भनी ९९ चोटि म गीत संगीतलाई सम्झिन्छु । जाहाँ जाँदा पनि गीत सुन्ने गर्छु । भोलिको दिनमा अझ मेहनतका सात गीत सङ्गीत क्षेत्रमा लाग्ने सोच बनाएको छु ।
नव प्रतिभा दिपदर्शन कुवाँसँग जन आकाश साप्ताहिकका संवाददाता विनोद कार्कीले संवाद गरेर तयार पारेका हुन् । नयाँ प्रतिभाको खोजी अभियान जन आकाश मिडियाले थालेको छ ।
उक्त अभियानमा जोडिन जन आकाशका विनोद कार्कीसँग सम्पर्क गर्न सकिने छ । अथवा जन आकाश मिडियाको अफिसमा सम्पर्क गरेर पनि उक्त अभियानमा जोडिन सक्नु हुनेछ ।
फोन नं ः– 014167578
9861588456
9869528108