जन आकाश
काठमाडौ । दशैं तथा तिहार नजिकिए सँगै नेपाली गीत संगीतको बजारमा एक पछि अर्को दशैं तिहार गीत बजारमा आउने क्रम बढेको छ ।
यसै क्रममा गायक तिलक बस्नेतको नयाँ दशैं गीत बडा दशैंको शुभकामना सार्वजनिक भएको छ । बस्नेतको आफ्नै निर्देशन, शब्द,लय तथा स्वरमा रहेको बडा दशैंको शुभकामना बोलको गीत बजारमा सार्वजनिक गरेकाछन ।
तिलक बस्नेत युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा गायिका उषा गजुरेलको स्वर रहेको छ । म्युजिक भिडियोको सिनेम्याटो ग्राफर अजय रेग्मी सम्पादन अमृत चापागाईको रहेको छ ।
गीतमा सरु बिष्ट,तिलक बस्नेत,डीबी पराजुली,जीवन कुँवर,डम्बर प्रसाद दुलालको अभिनय रहेको छ ।
संचारकर्मि पराजुलीको अभिनयले गितलाइ निकै आकर्षक भरेको छ। पराजुली नेपालि पोशाकमा अभिनयमा देखिएका छन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend