logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

इन्दिरा योन्जनको नयाँ म्युजिक भिडियो बसन्तले सार्वजनिक


  • जन आकाश
  • आइतबार, असोज २८ २०८०

काठमाडौ । वरिष्ठ गायिका इन्दिरा योन्जनको नयाँ म्युजिक भिडियो ‘वसन्तले’ हालै सार्वजनिक भएको छ । गीतको शब्द गोविन्द गिरी‚ सङ्गीत चन्द्रकुमार दोङ र सङ्गीत संयोजन पवन वाङ लामाको रहेको छ । त्यसैगरी भक्त स्याङ्तानको निर्देशनमा तयार म्युजिक भिडियोको सम्पादन सूर्य लामाले गरेका छन् । त्यस्तै भिडियोमा मिलन थिङ ‘पराङ’ र रेणुका लामाले अभिनय जोडीलाई देख्न सकिन्छ ।



गायिका इन्दिरा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका लिसंखुबाट गायिका बन्ने सपना बोकेर सहर पसेकी थिइन् । वरिष्ठ गायिका योन्जन केही वर्षको अन्तरालपछि गीतसङ्गीत क्षेत्रमा पुनः फर्किएकी हुन् । उनी भन्छिन्‚‘यो गीतसङ्गीत मेरो नसा नसामा पसेको छ‚ यसलाई निरन्तरताका लागि नयाँ गीत ल्याएको हुँ । नयाँ आधुनिक गीत वसन्तले फेरि त्यही दिनतिर पुर्या्एको छ ।’

उनी यो बीचमा सामाजिक कार्यमा व्यस्तता भएकाले गीतसङ्गीतमा केही अन्तर रहेको बताउँछिन् । उनी राष्ट्रिय बाल अधिकार परिषदका सदस्य समेत भइसकेकी छिन् । गायिका योन्जनले रत्नराज्यलक्ष्मी क्याम्पसबाट बी म्युज पढेकी हुन् । ग्रामीण विकासमा स्नातकोत्तर गरेकी उनले भारतको इलावादबाट शास्त्रीय सङ्गीतमा समेत ४ वर्षको कोर्स गरेकी छिन् ।

उनीले दर्जनौँ तामाङ सेलो एल्बममा स्वर दिइसकेकी छिन् । उँभो उँभो लाग्यो भेँडीको बथान’‚ ‘चिसो त पानी ,’ ‘ल्याइदेउ न आप्पा’‚ ‘सेलो सङ्गम’, ‘चलनचल्ती’‚ तोरतोर ल्हाला ह्री न्हाङरि‚ चलनचल्तीरि गीत चर्चित थिए ।

उनीले गायनको क्रममा स्वदेशका गाउँ गाउँदेखि विदेशको भ्रमण समेत गरिसकेकी छन् । उनले आफ्नै यूट्युब च्यानल संचालनमा ल्याएकी उनीले यो गीत त्यसै च्यानलमार्फत सार्वजनिक गरेका हुन् । अचेल धेरै जति कलकारको आफ्नै युटुव च्यानल बनाउने गर्छन त्यस्तै लहडमा योञ्जन पनि एक हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend