जन आकाश
काठमाडौ । रामेछापको लखनपुरका यहि मितिः २०८० साल कार्तिक ६ गते बृहत सास्कृतिक कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रमको नाम दोरम्बा शैलुङ दशै उत्सव तथा बृहत सास्कृतिक कार्यक्रम राखिएको छ ।
त्यस कार्यक्रममा रामेछाप सास्कृतिक कलाकार समाजमा आवद्ध कलाकारहरुको उपस्थिति रहने र चर्चित आमन्त्रित कलाकारहरु समेतको सहभागिता हुने नव मोडल तथा कति राम्रो रामेछापको शिन गीतमा मोडलको भुमिकामा अभिनय गरेका नविन गौतमले जन आकाश मिडियालाई जानकारी दिएका हुन् ।
उक्त कार्यक्रमको तयारी तिव्र भईहरेको पनि उनले वताए । त्यस कार्यक्रममा वडास्तरीय सवै नागरिकहरुको उपस्थिति रहने र कार्यक्रमलाई भव्य हुने आकलन गरिएको छ । यस प्रकारको सास्कृतिक कार्यक्रम लखनपुरमा पहिलो पटक गर्न लागेको आयोजकले बताएको छ । रामेछाप सास्कृतिक कलाकार समाज यस कार्यक्रमको आयोजक हरेको छ भने त्यस कार्यक्रमलाई आर्थिक सहयोग रामेछापवाट काठमाडौ आई व्यासाय गरिरहेका व्यवसायी, तथा कलाकार साथै लखनपुरमा नै रहेका नागरिकहरुके स्वऐच्छाले गरेको आर्थिक सहयोगवाट कार्यक्रम हुन लागेको आयोजकले सामाजिक सञ्जालमा नै उल्लेख गरिसकेको छ ।
तर उनिहरुले सामाजिक सञ्जालमा राखेको अर्को पोष्टरमा मुख्य प्रयोजक कालिका युवा क्लव रिष्ठे उल्लेख छ । त्यसैगरी दोरम्बा शैलुङ गाउँपालिकाले सहकार्य गरेको छ । सहयोगी सस्थाहरुमा कालिका उच्च मा.वि. लखनपुर उप–स्वास्थ चौकी, प्रगतिशील युवा क्लव समाज ढाडे, छायाँश्वरी युवा क्लव लखनपुर, गुरासेदेवी युवा क्लव खानी गाउँ रहेका छन् ।
त्यसैगरी मिडिया पार्टनरमा
जन आकाश साप्ताहिक, रामेछाप न्युज, रामेछाप पोष्ट लाईफ ओके टेलिभिजन रहेकाछन् । कार्यक्रमको संयोजक खमेश श्रेष्ठले संयोजन गरिरहेकाछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend