logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

‘आउँछु घर दशैंमा’ बोलको गीत बजारमा


  • जन आकाश
  • मंगलबार, असोज ३० २०८०

काठमाडौं । यस बर्षको वडा दशैं नजिकिदै गर्दा दशैंलाइ मध्यनजर गर्दै दशैं बिशेष गीतहरु सार्वजनिक भइरहेका छन् । यसैबीच दशैं पर्वलाइ लक्षित गरेर निकै मार्मिक गीत ‘आउँछु घर दशैंमा’ सार्वजनिक गरिएको छ ।



गायक मनोहर भण्डारी र गायिका मन्जु धितालको स्वरमा रहेको यस गीतको शब्द तथा संगीत पनि गायक भण्डारीकै रहेको छ । एरेन्ज जय देवकोटाको रहेको छ भने उक्त गीतको म्युजिक भिडियो गायक भण्डारीकै युट्युव च्यानल बाट सार्वजनिक गरिएको हो ।

यस गीतमा चर्चित मोडल तथा कलाकार भुवन के पोख्रेल र अनिसा पराजुलीको दमदार अभिनय रहेको छ । यस गीतको भिडिओमा बिदेशमा रहेका युवक दशैंको छेको पारेर घर फर्किदै गरेको दृश्य देख्न सकिन्छ । प्रदेशबाट घर फर्किदा कति खुशी लाग्छ भन्नि कुरा म्युजिक भिडियो मार्फत देखाउन खोजिएको छ ।

साथै प्रदेशी घर फर्किदा घरमा खुशियाली छाएको दृश्य पनि देखाइएको छ ।यो गीतको भिडियो गायक भण्डारी आफैले निर्देशक गरेका हुन् । भिडियोको छायांकन तथा सम्पादन प्रवेश पोखरेलले गरेका हुन । भिडियो एक्सन निर्देशन छवि भुषाल र रिकेश धितालको रहेको छ ।

दशैं लक्षित आफ्नो गीतले दर्शक तथा स्रोताको माया पाउनेमा गायक भण्डारी विश्वस्त छन् । उनले झण्डै एक  दर्जन गीत सार्वजनिक गरिसकेका छन् । यस्तै भिडिओमा अभिनय गरेका भुवनले पनि भिडिओमा निकै मिहिनत गरेको र दर्शकको माया पाउनेमा ढुक्क रहेको बताउँछन् । भुवनले अहिलेसम्म दुईदर्जन बढी म्युजिक भिडियो तथा बिभिन्न लोकप्रिय टेलिसिरियलहरुमा काम गर्दै आइरहेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend