जन आकाश
काठमाडौं । युरो कप २०२४ को छनोटअन्तर्गत बेल्जियम र स्वीडेनबीचको खेल गोलीकाण्डपछि रद्द भएको छ ।
ब्रसेल्समा गोली हानी दुई जनाको हत्या भएपछि सुरक्षाको कारण देखाउँदै बेल्जियम र स्वीडेनको खेल पहिलो हाफमा स्थगित गरिएको थियो र पछि रद्द गरिएको यूईएफएले जनाएको छ । ‘आज साँझ ब्रसेल्समा भएको संदिग्ध आतंकवादी हमलापछि, दुई टोली र स्थानीय प्रहरी अधिकारीहरूसँगको परामर्शपछि बेल्जियम र स्वीडेनबीचको यूईएफए युरो २०२४ को छनोट खेल रद्द गर्ने निर्णय गरिएको छ,’ यूईएफएले आफ्नो वेबसाइटमा एक विज्ञप्तिमा जारी गर्दै भनेको छ ।
गोलीकाण्डपछि एक व्यक्तिले सोशल मिडियामा पोस्ट भएको एक भिडियोमा आफू आक्रमणकारी भएको इस्लामिक स्टेटबाट भएको दाबी गरेपछि बेल्जियमले उच्चस्तरको सजगता अपनाएको छ । खेल रोकिनुअघि दुवै टोलीले एकरएक गोल गरेका थिए । भिक्टर ग्योकेरेसले गोल गर्दै स्वीडेनलाई सुरुआती अग्रता दिलाएका थिए भने रोमेलु लुकाकुले बेल्जियमका लागि बराबरी गोल फर्काएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend