logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पुराना भाका र कलाकारिता क्षेत्रको अनुभव बोकेर गायक तथा कलाकार मोतीराज खनाल जन आकाश मिडियामा


  • जन आकाश
  • मंगलबार, असोज ३० २०८०

बिनोद कार्की ।



काठमाडौं – जन आकाश मिडिया प्रा.लीले निर्माण गरेको प्रतिभाको लागि सम्मान र नव प्रतिभाको लागि स्थान दिने गरी स्थापना गरिएको सङ्गीत खबर कार्यक्रम अहिले दर्शक श्रोता माझ निकै लोकप्रिय बन्दै आएको छ । अहिले यो कार्यक्रम नव प्रतिभा र नयाँ कलकार मात्र नभएर गीत सङ्गीत क्षेत्र र कलाकारिता क्षेत्रमा लामो समय बिताइसकेका राष्ट्रलाई योगदान पु¥याएका कलाकार पनि सङ्गीत खबर कार्यक्रममा जोडिन चाहन्छन् ।

त्यस्तै मोतीराज खनाल विगत लामो समयदेखी कलाकारिता क्षेत्र र गीत सङ्गीत क्षेत्रमा योगदान पु¥याएका पुराना, गायक तथा कलाकार हुन् । उनले नेपाली साङ्गितक बजारमा २ दर्जन भन्दा बढी नेपाली मौलिकता झल्काउने गीतमा स्वर दिसकेका छन भने दर्जनौँ गीतमा सङ्गीत भरेका छन् ।

विभिन्न टेली सिरियलका गीत र पुराना लोक भाका गाउँदै आएका खनालका “जुनिजुनी सँगै बाचौला, लाली गुराँस फूल्यो मायालु, पैसाको बिटो, ऋण बढेर दोब्बर भइसक्यो, सम्झनाले हो, कान्छी कुटु कुटु खान्छ यो मुटु, क्या राम्म्री पुतली” लगायत दर्जनौँ गीत चर्चामा रहेका छन् भने कति गीतले इतिहास रच्न सफल भएका छन् । तेतिमात्र नभएर थुपै्र लोकप्रिय टेलिसिरियलहरु जस्तै “मेरिबास्सै, ब्राह मासे, छिमेकी जस्ता टिली सिरियल र सट भिडियोमा देखिँदै आएका मोतीराज खनालको जन आकाश मिडियामा गरेको कुराकानीलाई हामीले यस अंकमा प्रस्तुत गरेका छौं ।

तपाईको बाल्यकाल कसरी बित्यो यो गीत सङ्गीत क्षेत्रमा कसरी आउनु भयो ?

अर्धखाची जिल्ला सितगंगा नगरपालिका वडा नं.२ मा मेरो जन्म भयो मेरो बाल्यकाल गाउँघरमा उकाली ओराली मेलापात गरेर सुखदाही अवस्थामा भन्दा पनि दुखदाही अवस्थामा बाल्यकाल बित्यो गाउँबाट दुई घण्टा हिढेर स्कुल पुग्नु प¥थ्यो अहिलेको जस्तो त्यति सेवा सुविधा थिएन ।
म यो गीत सङ्गीत क्षेत्रमा लाग्न पढाइको शिलसिलामा काठमाडौं आए आफूलाई सङ्गीत प्रति धेरै रुचि भएकाले काठमाडौंको आर आर क्याम्पसमा सङ्गीत विषय लिएर पढे सङ्गीत विषय पढ्दै २०६५ सालमा पहिलो गीत रेकर्ड गरे त्यस गीत पश्चात निरन्तर गीत सङ्गीत क्षेत्रमा लागि परे अहिले दर्जनौँ गीत मेरा बजारमा छन् ।

तपाईलाई गाउँघरमा कसरी चिन्छन । पछिल्लो समय कस्तो महसुस गर्नु भएको छ ?

विगतमा मलाई गाँउ घरका दाजु भाईले साथिभाई सम्झिन्थे अहिल्य गायक तथा संङ्गितकार भनेर चिन्छन । मैले आफलाई चै विगतका साथिभाई साथिभाई नै लाग्छ । त्यतिबेला हामि संगै मेलापातमा गीत गाउथ्यौ ।
अहिले गाउँघर धेरै परिवर्तन भएको छ । सबै प्रकारका गीतहरू सुन्न थालिसकेका छन् । विशेष गरी हाम्रो तिर चाही पश्चिमेली गीतहरू धेरै जसो सुन्ने गर्दछ ।

तपाइलाई कस्तो खालको गीत गाउन र सङ्गीत भर्ना र मन पर्छ ?

गाउन त मैलै थुप्रै टेली सिरियल र टेली फिल्मको गीत गाएको र सङ्गीत भरेको छु तर मलाई वेदनाका गीतहरू एकदमै मन पर्छ । मैलै थुप्रै वेदनाको गीतहरू गाएको छु । मलाई वेदनाको गीत गाउन र सङ्गीत भर्ना एकदमै रुचि लाग्छ ।

तपाइले थुप्रै टेली सिरियल र टेली फिल्ममा अभिनय गर्दा थुप्रै व्यतिलाई श्रीमती बनाउनु भएको छ । त्यस्ता भिडियो तपाइको जीवन साथीले हेर्दा कस्तो प्रतिक्रिया दिनुहुन्छ ?

मेरो जीवन साथी पनि कलाकार नै हुन् बुझ्छिन् कलाकारको मर्म कलाकार भएपछि थुप्रै क्यारेक्टर गर्नुपर्छ । त्यसैले कलकारिता क्षेत्र भनेको कलाकारिता क्षेत्रमै सीमित हुन्छ ।

भोलीका दिनमा आउने नव प्रतिभाको लागि के भन्न चाहनुहुन्छ ?

यो क्षेत्र सबैको हो । आउनुस् । आफ्नो प्रतिभा देखाएर अगाडि बढ्नुस् । हामीबाट पनि आउने प्रतिभाहरुलाई साथ सयोग मिल्ने छ । यो क्षेत्रमा सङ्घर्ष गर्नुस् नहुने कुरा केही हुँदैन । हुन त यो गीत सङ्गीत क्षेत्र र कलाकारिता क्षेत्रमा कुन बेला कसको भाग्य चम्किन्छ । थाहाँ नै हुँदैन । आउनुस् अगाडि बढ्नुस् मेहनत गर्न नछोड्नुस् । यो संसारमा असम्भव भन्ने केही पनि छैन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend