जन आकाश
काठमाडौ । गायक ई. देव कुुमार तामाङको स्वारमा रहेको “न त आँखा थाक्छन्” बोलको गीत सार्वजनिक भएको छ । वरिष्ठ गीतकार एंव एआईजिपी टेक तामाङको शब्दमा कन्काईष्ट राइले संगीत/ संयोजन गरेका छन् ।
स्टुुडियो भिडियोमा गायक ई. तामाङ स्वयमको अभिनय रहेको छ । सँगसँगै हिडेका पलहरु याद र्गर्दै उनी हेरिरहन्छन्, आफ्नो प्रियसीलाइ आँखा नथाकुुनजेलसम्म । यहि लाइन गीतमा ब्याख्य गरिएको छ ।
गायक तामाङ नेपाल सरकारको सडक विभागमा रहेर लामो समय काम गरेका थिए । अवकाशपछि गीति क्षेत्रलाई निरन्तर रुपमा अगाडी लैजाने जन आकाश मिडियासँगको कुुराकानीमा उनले बताएका छन् । गायक तामाङले दर्शक श्रोतामाझ , अब पक्कै‘, जहाँ जहाँ बिझे पनि‘, कति कुरा यहाँ र ‘बाँसडोल नाम्सा’ गाइसकेका छन् ।
यसैगरी गीतकार तामाङ प्रहरी सेवामा कार्यरत रहेर पनि लामो समयदेखि गीति क्षेत्रमा कलम चलाउदै आएकाछन् । उनको गीतको “न त थाक्छन्” शव्द सापटी लिएर भन्ने हो भने एक हातमा बन्दुक बोके पनि अर्को हातमा कलम निरन्तर चलिरहेको छ । गीतकार तामाङको यसअघि नजिक भएर पनि, तिमीलाई माया गर्छु, आमा, जीवन साथी, माया गरेर हेर, नेपाल आमा, मै खुकुरी सहित आधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत रेकर्डिङ र प्रकाशन भईसकेकाछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend