logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

“वाडौं खुशी चडौं सुजुकी” योजनमा भक्तपुर निवासी राजिप नागाले जिते सुनको सिक्का


  • जन आकाश
  • आइतबार, कार्तिक ५ २०८०

काठमाडौ । भि.जि. अटोमोबाईल्स प्रा.लि.ले यहि कार्तिक २ गते टेकु सोरुममा गरिएको फेसबुक लाईभ मार्फत दास्रो बम्पर बिजेता घोषणा गरिएको छ । भक्तपुर निवासी राजिप नागाले दोस्रो बम्पर बिजेता बनेर १० ग्राम सुनको सिक्का जित्न सफल भएका छन् ।



यो योजना लागु भए देखि १५ दिनमा नेपाल अधिराज्य भरिका खरिदकर्ताहरुलाई समाबेश गरी गरेको लक्की ड्र मार्फत नागा दोस्रो बिजेता बन्न सफल भएका छन् । उनले टेकु स्थित भि.जि. अटोमोबाईल्स प्रा.लि.को आफ््नै सोरुमबाट एभिनिस १२५ सिसि बि एस ६ खरिद गरेका थिए ।

यो योजना अन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाईकल तथा स्कुटरको खरिदमा १० हजार पक्का छुट वा कुनै पनि ब्रण्डका पुराना मोटरसाईकल तथा स्कुटर संग नयाँ मोटरसाईकल तथा स्कुटर एक्सेन्ज गर्दा १५ हजार तथा अन्य कुनै पनि ब्रण्डका पुराना मोटरसाईकल तथा स्कुटर संग नयाँ मोटरसाईकल तथा स्कुटर एक्सेन्ज गर्दा १० हजार रुपैयाँ थप मुल्याङ्घन प्राप्त गर्न सक्नेछन् वा शुन्य प्रतिशत ब्याजदरमा फाईनान्सको सुबिधाका साथै एक बर्ष रोड ट्याक्स फ्रि हुनेसमेत कम्पनीले जनाएको छ ।

भि.जि. अटोमोबाईल्स प्रा.लि. सुजुकी ब्राण्डका मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारीक आयातकर्ता तथा बिक्रेता हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend