logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

भुजि लिग फुटबल १२ गतेवाट शुरु


  • जन आकाश
  • सोमबार, कार्तिक १३ २०८०

रामेछाप (भुजी),१२  रामेछाप जिल्लाकाे उमाकुण्ड गाउपालिका वडा नं -७ भुजीमा भुजी लिग- २०८० कार्तिक १२ गतेदेखि   सुरू भएकाे छ । सस्थाका अध्यक्ष शाेभराज सुनुवारकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे उद्घाटन संघिय सांसद पु्र्ण बहादुर तामाङ( कान्छाराम) गरेका  थिय ।
७ दिन सम्म चल्ने बताईएकाे उक्त खेलमा प्रथम र द्वितीय हुने प्रतियाेगी टिमहरूलाई क्रमश: नगद रू १ लाख २ हजार ५ सय पच्चिस र ५० हजार पच्चिस नगद साथै उत्कृष्ट प्लेयर,किपर,गाेलकर्ता,डिफेन्डर,र म्यान अफ दि म्याच उपाधि हासिल गर्ने खेलाडिलाई मेडल, प्रमाणपत्र र ट्रफि हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे आयाेजकले जनाएकाे छ ।
साे अबसरमा जिल्ला समन्वय समितिकि प्रमुख चिना कार्कि, उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, राप्रपा का जिल्ला उपाध्यक्ष दशराम सुनुवार लगायतले शुभकामना मन्तब्य राखेका थिय ।
उद्घाटन खेल आयोजक संस्था फुटवल क्लव भुजी ” बि” र गुप्तेश्वर बिच भएको थियो । साेहि अबसर पारेर आयोजक संंस्था भुजी फुटवल क्लवकाे २५ औ बार्षिकाेत्सब पनि बिबिध कार्यक्रमकासाथ मनाईएकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend