logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आइसिसी टि-२० विश्वकप: नेपालले पायो १६६ रनको लक्ष्य, ब्याटिङ गर्दै नेपाल 


  • जन आकाश
  • मंगलबार, कार्तिक १४ २०८०

काठमाडौं: आइसिसी टि-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा नेपालले मलेसियाविरुद्ध १६६ रनको लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर व्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा १५५ रन बनाएर अल आउट भयो ।

 



मलेसायका लागि प्रारम्भिक ब्याट्सम्यान सेयद अजिज एक्लैले ६८ रन बनाए । अर्का ओपनर जुबाईदी जुल्कीफिलले २४ रन बनाए । कप्तान अहमद फैज ३ रन जोडेपछि रन आउटको शिकार बने । आक्रामक ब्याट्सम्यानको परिचय बनाएका विरनदिप सिंहले पनि ४ रन मात्र बनाउन सके ।

 

नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले एक एक विकेट लिए । मलेसियाले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेको थियो भने सुरुको ६ ओभरमा एक विकेट गुमाएर ६० रन जोडेको थियो ।

 

त्यसपछि १३.५ ओभरमा ११९-३ को स्थितीमा रहेको मलेसिया विशाल योगफलतर्फ देखिएको थियो । तर सोही ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेलले सार्भिन मुनाइन्दीलाई आउट गरेपछि मलेसिया लगातार विकेट गुमाएर दबाबमा आएको थियो ।

 

रोहितले त्यस ओभरमा १५ रन खर्चिएपछि मुनाइन्दीलाई आउट गरेका थिए । १५औँ ओभरको चौथो बलमा लयमा रहेका अजिजलाई गुल्सनले आउट गरे । त्यसपछि मलेसियाको रन गति केही सुस्त बनेको थियो । सन्दीपले चार ओभरमा २२ रन दिए भने अविनाशले ४ ओभरमा २७ रन खर्चिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend