logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

चाइनामा भएको चौथो एसिया पारालिम्पिक कपमा कास्य पदकधारी पलेसा गोवर्धनलाई १ लाँख सहयोग


  • जन आकाश
  • बिहिबार, कार्तिक १६ २०८०

मोहन कार्की ।



काठमाडौ । यहि गएको महिनामा चिनको हनझाउमा भएको चौथो ओलम्पिक एसिया कपमा प्रतिस्पर्धामा भाग लिई कास्य पदक जित्न सफल पारा तेकाण्डो खेलाडी पलेसा गोवर्धनलाई एक लाँख पुरुस्कारले सम्मान गरिएको छ । काठमाडौको मैतीदेवीस्थित पारालिम्पिकको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी पारालिम्पिक कमिटीकी अध्यक्ष तथा आजको कार्यक्रमको सभापति समेत रहेकी राधा घलेको हातवाट उक्त पुरुस्कार एसिया कप पारालिम्पिक कस्य पदक जित्न सफल पलेसा गोवर्धनलाई प्रदान गरिएको हो । त्यसैगरी उक्त पदक दिलाउन प्रशिक्षकको भुमिका निर्वाह गरेका कविराज नेगीलाई पनि ३६३३३ रुपैया पुरुस्कार पारालिम्पिक कमिटीकी अध्यक्ष राधा धलेकै हातवाट सम्मानित गरिएको छ ।

त्यस कार्यक्रममा पारालिम्पिक कमिटीका पदाधिकारीहरु क्रमशः वरिष्ठ उपाध्यक्ष केदार बाबु शिवाकोटी, उपाध्यक्ष टेक बहादुर गुरुङ, उदय बहादुर लिम्बु, सचिव विश्वास बस्नेत,कोषाध्यक्ष ओमनाथ शिवाकोटी सेभ द मिशन समेत हुन् । रामकृष्ण श्रेष्ठ अफिसियल हुन् । सदस्य सरोज श्रेष्ठ, विकास थापा, रामहरि गुरुङ, उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्ने जति सवै बक्ताहरुले कास्य पदक जित्न सफल खेलाडीलाई बधाई दिनुका साथै खेलको प्रशंसा गरेका थिए ।

उक्त एसिया कपमा पारालिम्पिक खेलमा ४५ देशको सहभागिता रहेको थियो जसमा नेपाल २६ औ स्थानमा उक्लन सफल भएको भनेर चीनमा समेत निक्कै प्रशंसा भएको थियो ।

यस पारालिम्पिक खेललाई नेपाल सरकारवाट पनि राम्रो सहयोग पाईराखेको र निजी सञ्चार कम्पनी एनसेलले समेत सहयोग गरेको हुनाले आउदा दिनमा थुपै् सघ, सस्थाको समेत सहयोग रहने र नेपाललाई पारालिम्पिक खेलवाट पनि विश्व सामु चिनाउन सकिने कोषाध्यक्ष ओमनाथ  शिवाकोटीले बताएकाछन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend