logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेपाल विश्वकपमा प्रवेश


  • जन आकाश
  • शुक्रबार, कार्तिक १७ २०८०

काठमाडौं । आइसिसी टि (२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा पुगेको छ । एसिया क्वालिफायर अन्तर्गत शुक्रबार मुलपानीमा भएको खेलमा नेपालले युएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी (२० विश्वकपमा स्थान पक्का गरेको हो ।



 

नेपाललाई विश्वकपमा पुर्‍याउन आसिफ शेखले अविजित ६३ रनको योगदान दिए । ५० बलमा उनले ६ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कप्तान रोहित पौडेलले अविजित ३५ रन बनाए । २१ बल खेलेका रोहितले ३ चौका र एक छक्का प्रहार गरे । त्यसअघि कुशल भुर्तेल ११ रन र गुल्शन झा २२ रन बनाएर पेभेलियन फर्किएका थिए ।

 

टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ओ‌भरको खेलमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । युएईका लागि व्रितियाले अर्धशतकसहित ६४ रन बनाए । ५१ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कप्तान मुहम्मद वासिमले २६ रन, अलिशान सराफुले १६ रन, आसिफ खानले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

 

बलिङतर्फ कुशल मल्लले ३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ र सोमपाल कामी र रोहित पौडेलले एक(एक विकेट लिए । नेपालले यसअघि पनि सन् २०१४ मा टी (२० विश्वकप खेलेको थियो । बंगलादेशमा सम्पन्न प्रतियोगितामा नेपालले अफगानिस्तान र हङकङलाई हराउँदै आयोजकसँग पराजित भएको थियो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend