जन आकाश
काठमाडौं । नेपालले आइसिसी टि(२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा आज ओमानसँग खेल्दैछ । खेल बिहान ११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले यूएई र ओमानले बहराईनलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । समूह ‘ए’मा रहदै प्रतियोगिताको सुरुआत गरेका दुवै टिम लिग चरणमा समेत भेटेका थिए । सो खेलमा ओमानले नेपाललाई हराएको थियो ।
ओमानसँग ५ रनले पराजित बनेको नेपाल समूह उपविजेता बनेको थियो । समूह उपविजेता बनेर सेमिफाइनल पुगेको नेपालले फाइनल प्रवेशका लागि भएको खेलमा यूएईलाई हराएको थियो । सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि पुन ओमानसँग खेल्न लागेको हो ।
ओमानले समेत सेमिफाइनलमा बहराईनलाई १० विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो । प्रतियोगिताको फाइनल प्रवेश गरेका नेपाल र ओमान दुवै टिम अर्को वर्ष वेस्ट इन्डिजमा हुने टी (२० विश्वकपमा छनोट भैसकेका छन् ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend