logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एसिसी यू-१९ एसिया कपको तालिका सार्वजनिक, नेपालको  पहिलो खेल पाकिस्तानसग


  • जन आकाश
  • बुधबार, कार्तिक २२ २०८०

facebook sharing button
twitter sharing button
एजिन्सि :  नेपालले एसिसी यू-१९ एसिया कपमा पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले यू-१९ एसिया कपको तालिका सार्वजनिक गरेको छ ।

यू-१९ एसिया कप डिसेम्बर ८ देखि १८ सम्म युएईमा हुने भएको छ । यसअघि एसिया कप पाकिस्तानमा हुने तालिका थियो । तर भारत जान नमानेपछि युएईमा सारिएको हो । समूह ‘ए’ मा नेपाल, पाकिस्तान, अफगानिस्न र भारत छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, युएई र जापान छन् ।



 

नेपालले पहिलो खेल ८ डिसेम्बरमा पाकिस्तानसँग आइसिसी एकेडेमी ओभल २ मा खेल्नेछ । नेपालले दोस्रो खेल १० डिसेम्बरमा अफगानिस्तानसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा भारतसँग खेल्नेछ । सेमिफाइनल १५ डिसेम्बरमा हुनेछ । फाइनल १७ डिसेम्बरमा हुनेछ ।

 

नेपालले तीन साताअघि मलेसियामा सम्पन्न एसिसी यू-१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो । नेपाल विजेता, युएई उपविजेता र जापान तेस्रो स्थानमा रहँदै प्रिमियर कपमा शीर्ष तीनमा रहँदै एसिया कपमा स्थान बनाएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend