logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

समाजसेवी थापाद्वारा पुरस्कार प्रायोजन


  • जन आकाश
  • आइतबार, मंसिर ३ २०८०

काठमाडौ । युवा समाजसेवी बाबुराम थापाले आफ्नो गृह जिल्ला तेह्रथुममा दिपावली मेला अन्तर्गत मंसीर २ गते देखि ८ गतेसम्म हुने फुटबल प्रतियोगितामा दिइने पुरस्कार रकम प्रायोजन गर्ने भएका हुन् । पछिल्लो ४१ वर्ष देखि निरन्तर हुँदै आएको दिपावली मेला यस वर्ष आठराई गापा–५, छातेढुङ्गामा रहेको श्री पोखरी माविको खेल मैदानमा हुँदैछ ।



विगत लामो समय देखि समाजसेवामा रहेका थापाले यस अघि पनि पटक–पटक खेलकुद प्रतियोगिताहरुमा पुरस्कार प्रायोजन गर्दै आएका थिए । खेलकुद क्षेत्रमा लागेका युवाहरुमा हौसला प्रदान होस् भन्ने हेतुले आफुले सहयोग गर्दै आएको थापाले बताए । नेकपा एमाले कोशी प्रदेश कमिटि सदस्य रहेका थापा अखिल नेपाल किसान महासंघका महासचिव पनि हुन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend