जन आकाश
काठमाडौं । भारतीय कमेडियन कपिल शर्माले नयाँ शो ल्याउने भएका छन् ।
उनको नयाँ शो ओटिटी प्लेटफर्म नेटफ्लिक्समा प्रसारण हुनेछ । उनले नेटफ्लिक्समा एक भिडिओ सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् । हालसम्म शोको नाम खुलासा गरिएको छैन । द कपिल शर्मा शो सोनी टिभीमार्फत प्रसारण भइरहेको थियो । कपिल र उनको टिमले शोमा आएका अतिथिलाई हँसाउदै आएका थिए । दर्शकले पनि शोलाई निकै मन पराइरहेका थिए । यसै वर्ष जुलाईमा द कपिल शर्मा शो को चौथो सिजन सकिएको थियो ।
नयाँ शोमा पुरानै कलाकार दोहोरिनेछन् । शोमा कपिलसँगै अर्चना पुरन सिंह, किकु शारदा, राजीव ठाकुर कृष्णा अभिषेक लगायत देखिँदैछन् । यो द कपिल शर्मा शो भन्दा फरक हुने बताइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend