जन आकाश
काठमाडौं । साविक विजेता इटली अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ का लागि छनोट भएको छ । समूह जीअन्तर्गत सोमबार राति भएको खेलमा युक्रेनविरुद्ध गोलरहित बराबरी खेलेपछि इटलीले युरोकपमा स्थान पक्का गरेको हो ।
युक्रेनसँग समान १४ अंक जोडेको इटली समूह सी को समूह उपविजेता बन्दै छनोट हुँदा युक्रेनले अब अब प्लेअफको सहारा लिनुपर्छ । यसअघि घरेलु मैदानमा भएको खेलमा इटली २.१ ले विजयी भएकोले समान अंक भए पनि इटली हेड टु हेडमा अघि रहेको हो ।
विश्वकप २०१८ र २२ मा छनोट हुन असफल भएको इटलीले २०२१ मा युरोकपको उपाधि जितेको थियो । समूह सी बाट इंग्ल्याण्ड यसअघि नै समूह विजेता बन्दै युरोकपमा छनोट भइसकेको छ । अन्तिम खेलमा इंग्ल्याण्ड नर्थ मेसोडनेसियासँग १.१ को बराबरीमा रोकियो । इटलीसँगै चेक रिप्बलिक र स्लोभेनिया पनि युरोकपमा छनोट भएका छन् ।
चेकले समूह ई मा मोल्दोभोलाई ३.० ले पराजित गर्दै समूह उपविजेता बन्दै छनोट भएको हो । यस्तै समूह एचमा कजाखस्तानलाई २.१ ले पराजित गरेपछि स्लोभेनिया पनि समूह उपविजेता बन्दै छनोट भएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend