logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

क्रोएसिया युरोकपमा छनोट


  • जन आकाश
  • बुधबार, मंसिर ६ २०८०

काठमाडौं । क्रोएसिया अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ का लागि छनोट भएको छ । छनोट चरणको समूह ‘डी’ अन्तर्गत गएराति भएको खेलमा अर्नेनियालाई १-० ले पराजित गर्दै क्रोएसियाले युरोकपमा स्थान पक्का गरेको हो ।



क्रोएसियाका लागि एनटे बुडिमिरले एकमात्र गोल गरे । जितपछि ८ खेलबाट १६ अंक जोडेको क्रोएसिया समूह उपविजेताको रुपमा छनोट भएको हो । समूह ‘डी’ बाट टर्की यसअघि नै छनोट भइसकेको छ । अर्को खेलमा टर्की र वेल्सले १-१ को बराबरी खेले । यस बराबरीपछि १७ अंक जोडेर टर्की समूह विजेता बन्यो ।

१२ अंक जोडेर तेस्रो स्थानमा रहेको वेल्सले भने प्लेअफ खेल्नुपर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend