जन आकाश
काठमाडौं । अभिनेता शाहरूख खान छोरी सुहाना खानसँग फिल्म खेल्ने भएका छन् ।
उनीहरू सुजोय घोषले निर्देशन गर्न लागेको फिल्म किङमा देखिन भएका हुन् । अभिनेता शाहरूखलाई उनका फ्यानले किङ खान उपनाम दिएका थिए । एक्सन थ्रिलर फिल्ममा एक बुवा र छोरीको कथा देखाइनेछ । भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार फिल्ममा पठानका निर्देशक सिद्धार्थ आनन्द र शाहरूख खानको संयुक्त लगानी रहनेछ ।
तर अभिनेता शाहरूख र निर्देशक सिद्धार्थले फिल्मबारे आधिकारिक जानकारी दिएका छैनन् । रेड चिलिज इन्टरटेनमेन्ट र मारफ्लिक्स पिक्चर्स ब्यानरमा बन्ने फिल्मको छायांकन २०२४ जनावरीदेखि सुरू हुनेछ । शाहरूखले पहिलोपटक छोरी सुहानासँग फिल्ममा काम गर्न लागेका हुन् । यसअघि उनले छोरा आर्यनसँग फिल्म द लायन किङ मा काम गरेका थिए । यो फिल्म सन् २०१९ मा प्रदर्शन भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend