logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

आजबाट सुरु : केपी ओली कप


  • जन आकाश
  • बिहिबार, मंसिर ७ २०८०

पोखरा । पोखरामा केपी ओली कप टी-२० क्रिकेट सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा बागमती र आयोजक मदन भण्डारी स्पोर्ट्सको रातो टोलीबिच प्रतिस्पर्धा हुँदैछ ।



एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गरे । अध्यक्ष ओलीले ब्याटिङ गर्दा उपाध्यक्ष बिष्णु पौडेलले बलिङ गरेका थिए । त्यसपछि ओलीले पनि बलिङ गरे । उनको बलिङमा उपाध्यक्ष पौडेलले ब्याटिङ गरेका थिए । मदन भण्डारी रातोले टस जितेर फिल्डिङ रोज्दा बागमतीले ब्याटिङ सुरु गरेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend