जन आकाश
काठमाडौं । निश्चल बस्नेत निर्देशित फिल्म “दिमाग खराब ” आजदेखि तेस्रो सातामा प्रवेश गरेको छ ।
आज शुक्रबार नयाँ फिल्म प्रदर्शनमा नआउँदा “दिमाग खराब ” ले तेस्रो सातामा पनि राम्रो कमाइ गर्ने फिल्मकर्मीहरूको आशा छ । निर्माण टिमले शुक्रबार दुई साताको कमाइ सार्वजनिक गरेका छन् । निर्माताका अनुसार फिल्मले दुई सातामा ७ करोड कमाएको छ । यो फिल्म ४ करोड बजेटमा बनेको बताइएको छ ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्का लगायत कलाकारको अभिनय छ ।
आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend