logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

राष्ट्रिय जलजला म्युजिक अवार्डद्धारा गणेश बाबु बिक सम्मानित


  • जन आकाश
  • मंगलबार, मंसिर १२ २०८०

काठमाडौं । डि सिनेमा आर्ट्सको आयोजनामा “जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड – २०८०” “सम्झि रूदै छु ” गीतबाट सर्बोत्कृष्ट लय सिर्जनामा गायक तथा कलाकार गणेश बाबु बिक सम्मानित भएकाछन् ।



दिनेश मुस्कानको अध्यक्षता र पुर्व सभामुख ओनसरी घर्ती मगरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बरिष्ठ संगीतकार राजु सिंह, बरिष्ठ सर्जक तथा गायक बिन खाती, म्युजिक भिडियो कलाकार संघकी अध्यक्ष सम्झना बुढाथोकी, नायक जय किशन बस्नेत लगायत अन्य बिशेष अतिथीको रुपमा सम्पन्न भएको अवार्ड कार्यक्रममा गणेश बाबु बि.क लोक तथा दोहोरी सर्वोत्कृष्ट संगीतकार “सम्झी रुदै छु” गीतबाट सम्मानित भएकाहुन् ।

प्युठानको झिमरूक गाँउपालिका–३ मा बुवा शाङ्ल बाहादुर बिक र आमा रामी बिकको कोखबाट जन्मिएका गणेश गणेश बाबु बिक गीत संगीत क्षेत्र र कलाकारीता क्षेत्रमा लागेका पुराना गायक तथा कलाकार हुन् । २०७४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका बिकका तीन दर्जनभन्दा बढी गीत बजारमा छन् । भने कति गीतले इतिहास रचेकाछन् ।

पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा उनले दर्शक स्रोताहरुबाट अत्यन्तै चर्चा कमाईरहेका छन् । लामो समय गीतसंगीत क्षेत्र र कलाकारी क्षेत्रमा चर्चा कमाउदै आएका बिक राष्ट्रिय जलजला म्युजिक अवाडद्धारा  सम्मानित हुन पाउदा आफु खुसि रहेको बताउँछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend