logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

अभिनेता प्रदीप खड्का बलिउडमा प्रवेश गर्दै


  • जन आकाश
  • बुधबार, मंसिर १३ २०८०

काठमाडौं । अभिनेता प्रदीप खड्का बलिउड फिल्ममा देखिने भएका छन् । ऐरी मार्फत उनले बलिउडमा प्रवेश गर्न लागेका हुन् ।



मंगलबार निर्माण टिमले टिजर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन् । सार्वजनिक टिजरमा अभिनेता प्रदीप खड्कालाई मात्र प्रस्तुत गरिएको छ । फिल्मका लागि अन्य कलाकार फाइनल हुन बाँकी छ । प्रदीप खड्काका प्रेस सल्लाहकार रामजी ज्ञवालीका अनुसार फिल्ममा अधिकांश भारतीय कलाकार रहनेछन् ।

जीवन थापाले निर्देशन गर्ने फिल्ममा सुवाष काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको लगानी रहने छ । सुवास काले र प्रशान्तकुमार गुप्ता प्रदीपको फिल्म प्रेमगीत ३ को हिन्दी संस्करणका निर्माता हुन् । यो फिल्मको छायांकन भारतमै हुनेछ । फिल्म हिन्दीसहित विभिन्न भाषामा पनि निर्माण हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend