logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कोशीलाई हराउँदै आर्मी सेमिफाइनलमा


  • जन आकाश
  • बुधबार, मंसिर १३ २०८०

काठमाडौं । त्रिभुवन आर्मी क्लबले पोखरामा जारी केपी ओली कप टी-२० प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । कोशी प्रदेशलाई ३९ रनले हराउँदै आर्मीले सेमिफाइनलमा स्थान बनाएको हो । समूह चरणका दुवै खेलमा जितका साथ आर्मीले समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनल खेल्ने भएको हो ।



जितका लागि १८७ रनको विजयी लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १४७ रनमा अल आउट भयो । कोशीका ओपनर सोनु अन्सारीले ३३ बलमा ६ चौका र दुई छक्कासहित ४४ रन बनाए । समिर कार्कीले ३६ बलमा एक चौका र चार छक्कासहित ३४, कप्तान अंकित सुवेदी डक र मिनाश थापा १६ रनमा आउट भए ।

सुजन थपलिया ११ बलमा पाँच चौकासहित २१, कमल खत्री आठ, श्रवण यादव पाँच र फिर्दोस अन्सारी एक रनमा आउट भए  । आर्मीका सोमपाल कामी र विवेक यादवले समान दुई विकेट लिए । जितेन्द्र मुखिया, बसिर अहमद, साहब आलम र रोहित पौडेलले एक-एक विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८६ रन बनाएको थियो । आर्मीको जितमा भीम सार्कीले २४ बलमा तीन चौका र पाँच छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिए ।

आर्मीलाई युवा ओपनर सन्तोष कार्कीले ४१ बलमा पाँच चौका र दुई छक्कासहित ५० रन जोड्दै राम्रो सुरुवात दिलाउनुभएको थियो । अर्का ओपनर तथा कप्तान विनोद भण्डारी १६ बलमा एक चौका र दुई छक्कासहित १७ तथा रोहित पौडेल १५ बलमा तीन चौकासहित २३ रनमा आउट भए  ।

विवेक यादव एक, सन्दीप रजाली र कुशल मल्ल समान सात रनमा आउट भए । साहब आलम आठ र सोमपाल कामी तीन रनमा नट आउट भए । कोशी प्रदेशका श्रवण यादवले चार ओभरमा ३२ रन खर्चेर तीन विकेट लिए । कमल खत्रीले चार ओभरमा ३३ रन खर्चेर दुई विकेट लिए । प्रकाश कार्की र सोनु मण्डलले एक-एक विकेट लिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend