logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

उमाकुण्डको गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड गुम्देलमा हुँदै


  • जन आकाश
  • बुधबार, मंसिर १३ २०८०

काठमाडाैं । उमाकुण्ड गाउँपालिकाकाे चौथो संस्करण ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८०’ आउने पाैष महिनामा हुने भएकाे छ ।



प्रतियोगितामा पालिकाका ७ विद्यालयका बिद्यार्थीहरूलाई विभिन्न खेलमा प्रतिस्पर्धा गराएर कार्यक्रम गर्न लागेको हो ।

पौष १ देखि ३ गते गरि ३ दिनसम्म सञ्चालन हुने राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाको अध्यक्ष शेर बहादुर सुनुवारको प्रमुख आतिथ्यमा उदघाटन हुने उमाकुण्ड खेलकुद विकास समितिका अध्यक्ष सुदिप सुनुवारले जानकारी दिएका हुन ।

प्रतियोगितामा सहभागी हुने बिद्यार्थी खेलाडि करिव ४२० रहनेछन् । खेलकुद विकास समितिका अध्यक्ष सुनुवारका अनुसार प्रतियोगिताको लागी रू १८ लाख बजेट गाउँपालिकाबाट विनियोजन गरिएको छ ।

यस्तै, विजेता खेलाडिले नगद पुरस्कार, मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन । टिममा सहभागी खेलाडीमध्ये उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने उल्लेख छ।

साथै विधागत खेलहरूमा सर्वाधिक विजेता विद्यालय प्रथम द्वितिय तृतिय लाई ट्रफि तथा नगद पुरस्कार समेत वितरण गरिनेछ ।

प्रतियोगितामा सहभागी हुने विद्यालयहरू श्री महालङ्गुर मा.वि. उमाकुण्ड -०१, गुम्देल ।

श्री सिद्धेश्वर मा.वि. उमाकुण्ड -०२, बाम्ती

श्री जनता मा.वि. उमाकुण्ड -०३, कुँबु श्री

चण्डेश्वरी मा.वि. उमाकुण्ड -०४, प्रिती

श्री सरस्वती मा.वि. उमाकुण्ड -०५, प्रिती

श्री कैलेश्वर मा.वि. उमाकुण्ड -०६, गुप्तेश्वर

श्री कास्थेम मा.वि. उमाकुण्ड -०७, भुजी रहेकाछन।

प्रतियोगितामा प्रतिस्पर्धा गराईने खेलहरू: भलिबल, कबड्डी, हाइजम्प, लङ्गजम्प, ज्याभ्लिङ थ्रो, सटपुट, दौड १०० मि, २००मि, ४०० मि, ८०० मि, १५००मि, ३००० मि, रिले ४×१००मि र ४×४००मि । रहेको खेलकुद संयोजकले जानकारी दिएका हुन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend