जन आकाश
मोहन कार्की ।
रामेछाप । यहि पौष ७ गतेवाट रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिता सोही पालिकाको वाडन २ ठोसेमा रहेको शारादा माविमा आउदो पौष ७ गतेवाट शुरु हुने भएको छ ।

उक्त प्रतियोगितालाई सभ्य र भव्य बनाउन धेरै जति तयारी पुरा भईसकेको र केही आंशिक काम मात्र बाँकी रहेको आयोजक समेत रहेको शारदा माविका व्यवस्थापन समितिका अध्यक्ष मनिराज कार्कीले जानकारी दिएकाछन् । उनले रामेछाप जिल्लाकै औपचारिक पहिलो पाठशाला भएको माविमा विगतमा पनि जिल्लास्तरीय, अञ्चलस्तरीय प्रतियोगिताहरु सफलतापूर्वक सम्पन्न गरिसकेको र ति विगतमा अग्रजहरुले गरेका सफताको विरासत कम हुन नदिने र अर्को स्थानीय तह व्यवस्था लागु भएपछि पहिलो पटक ठोसेमा हुन लागेको पालिकास्तरीय रनिङशील प्रतियोगिताको आयोजक पाउदा ठोसेको शारदा माविले विगतका सफलताहरुलाई आत्मसाथ गर्दै अझै प्रगति गर्नेगरी काम भईरहेको प्रतियोगिताभर व्यवस्थापनमा कुनै कमि आउन नदिने र ठोसेको शानलाई उजागर गर्ने गरी काम भईरहेको जन आकाश मिडियासँग कुराकानी गर्ने क्रममा कार्कीले बताएका हुन् ।
उक्त प्रतियोगितामा पालिका भित्रका सवै माविहरुले भाग लिनेछन् । जसमा वाडन २ देखि ६ सम्मकामा एक एक मावि रहेकाछन् । भने वाडन १ मा २ वटा मावि रहेका छन् । जम्मा ७ वटा माविले भाग लिनेछन् ।
भाग लिने माविहरुको नामवली यस प्रकार छ ।
वाडन. १ का जट्टेश्वरी मावि खरानेटार, सेतीदेवी मावि साङवा डाँडा
वाडन २ को शारदा मावि ठोसे
वाडन ३ को गोकुलगंगा मावि रसनालु
वाडन ४ जन जागृती मावि बेताली
वाड न.५ कमलादेवी मावि नमाडी
वाडन. ६ श्रीदेवी मावि फर्पु रहेका छन् ।
क्रमश रामेछाप जिल्ला भित्रका स्थानीय निकायहरुको खेल एकै समयमा नगर्ने गरी जिल्ला खेलकुद विकास समितिमा निर्णय भएको थियो । सोही मुताविक गोकुलगंगा गाउँपालिकाले पौष ७ गतेवाट हुन लागेको हो ।

प्रतियोगितामा सहभागी हुने बिद्यार्थी खेलाडि करिव ४२० रहनेछन्
प्रतियोगितामा प्रतिस्पर्धा गराईने खेलहरूस् भलिबल, कबड्डी, हाइजम्प, लङ्गजम्प, ज्याभ्लिङ थ्रो, सटपुट, दौड १०० मि, २००मि, ४०० मि, ८०० मि, १५००मि, ३००० मि, रिले ४×१००मि र ४×४००मि । रहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend