logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

विराज भट्टले गरे फिल्म ‘१२ गाउँ’ निर्माण गर्ने घोषणा


  • जन आकाश
  • बिहिबार, मंसिर १४ २०८०

काठमाडौँ । अभिनेता विराज भट्टले नयाँ फिल्म ‘१२ गाउँ’ निर्माण घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा गरेका हुन् ।



पोस्टरको पृष्ठभूमिमा गाउँलाई चित्रित गरिएको छ । बिराज स्वयंको निर्देशन रहने फिल्म एक्सन–थ्रिलर कथामा बन्नेछ । बिराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा फिल्म बन्न लागेको हो । विराजले यसअघि फिल्म ‘साङ्लो’ आफैँले निर्देशन गरेका थिए । फिल्ममा उनकै मुख्य भूमिका थियो ।

‘साङ्लो’ ले घरेलु बक्स अफिसमा सन्तोषजनक व्यापार गर्न भने सकेन । फिल्म रिलिजकै समय ‘साङ्लो २’ निर्माण गर्ने भन्दै चर्चामा रहेका बिराज पछिल्लो समय भोजपुरी फिल्ममा व्यस्त छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend