logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेपाल सुपर लिग (एनएसएल) मा धनगढी, बुटवल र लुम्बिनीबीच प्रतिशप्रधा हुँदै


  • जन आकाश
  • बिहिबार, मंसिर १४ २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ ।



यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । दुवैको यो दोस्रो खेल हुनेछ । साविक उपविजेता धनगढीले पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २-१ जित हात पार्दा बुटवल लुम्बिनी भने ललितपुर सिटी एफसीसँग २-० ले पराजित भएको थियो ।

धनगढी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । बुटवल लुम्बिनी भने पहिलो जितको अभियानमा हुनेछ । आशिष चौधरी मार्की रहेको धनगढीको कप्तानी देवेन्द्र तामाङ गर्नेछन् । यस्तै मार्की एरिक विष्टले नै बुटवलको कप्तानी गरिरहेका छन् । दुवै टोलीमा नेपाली घरेलु फुटबल खेलिसकेका विदेशी खेलाडीहरु छन् । जसमा धनगढीमा ए डिभिजन खेलिसकेका आफिज ओलावाले, फोडो फोफाना, अहमद हिजाजी र मोहम्मद ताहा छन् । यस्तै युरोपियन लिगहरु खेलेका फालो डियाग्ने पनि छन् ।

उता बुटवल लुम्बिनीमा नेपाली घरेलु फुटबल खेल्दै आएका स्टेफन विनोङ, सर्ज सोङ, आन्द्रे थिएरी बिक र अर्नेस्ट तम्पी सहित गोलकिपर मोहमोदोउ छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend