जन आकाश
नेपालको ७०/८० बर्ष अघि देखिको अस्थिता हेर्ने हो भने आजसम्म आई पुग्दा तिनै अस्थिरतका कारणले देशको हित नभएको जनताले दुखः पाएको पुष्टि नै भईसकेको छ । अस्थिरतामा नेपालले उत्पादन,व्यपार, व्यवसाय, सञ्चालन गर्न अवरोध पुग्ने,बैदेशिक होस् वा स्वदेशी लगानीकर्ता निरुत्साहित हुने अस्थिरता गराईराख्न लागेकाहरुले उत्पादन केही नगर्ने, अस्थिरताको वेला कुटनीति, शैक्षिक नीति, देशको महत्वपूर्ण नीतिहरु प्रभावित हुने र त्यसले जनतालाई देशलाई नोक्सान पु¥याउने काम हुदै आएको छ ।
यस्ता अस्थिरताहरु बनाई राख्न राजनीतिक पार्टीहरु नेपालमा क्रियाशील छन् । किनकी उनिहरुको काम नै अस्थिरता कायम राख्नको लागि कसैले अहराएको जस्तो देखिन्छ । उनिहरुले गर्ने गरेको काम पार्टी संगठन भन्दै कहिले कता जुलुस, कहिले कता धर्ना, कहिले राके जुलुस, कहिले कता तोडफोड कहिले कता सभा, नेपालका बस्तु उत्पादन गर्ने कलकारखानमा मजदुर संगठनको नाममा तोडफोड गरेर स्वदेशी उद्योग बन्द गराउने जस्ता काम मात्र गरिरहेको देखिन्छ ।
यसरी मानिस बराल्ने पार्टीले गर्ने अधिवेशन, सभा, भेलाको लागि पुनः नेपाली जनताले चन्दा दिनुपर्ने जहाँकी यस्ता अस्थिरताका कारण आम्दानीमा ह्स आईरहेको वेला आर्थिक भार थप्ने काम यिनै यस्तै पार्टी, संगठनहरुले गर्दै आएकाछन् । उनिहरुको माग पुरा नहुदा विद्रोह, युद्ध समेत गरेर नेपाललाई द्धान्द्धमा फसाएर नेपालीहरुलाई अल्झाएर देशलाई सधै नोकसान पु¥याउदै आएकाछन् ।
त्यस्तै त्यस्तै गरिरहन अहराउने पार्टीको पछि जनतालाई लगाईनै राखेकाछन् । कहिले के अभियान, कहिले के अभियान, ति मान्छे जम्मा गरेर बरालेर केही परिणााम आउदैन । परिणाम नदिने तर राजनीति पार्टीले आफ्नो भोट बढाउन गर्ने तरिका मात्र हो । त्यो पनि निहित व्याक्तिहरुका लागि मात्र त्यस्तै त्यस्तै गरिरहन अर्को केही न केही उपाय लगाएर नेपालमा अस्थिरता कायम राख्न अनेक खालका दाउँहरु गरिरहेको जस्तो देखिन थालेको छ ।
नेपाल देशलाई अस्थिरतामा लैजान दिनुहुदैन । किनकी नेपाली जनताले विगतमा यस्ता अनुपादक गफ दिने राजनीतिक पार्टीका नेताहरुले झुट्टा भाषण, गफ लगाएर उल्टै भएका कलकारखाना नीजिकरण गरे, बन्द गराए, देशका मानिसलाई देशभित्र बेरोजगार बनाएर देश वाहिर पठाए ।
यसको मुख्य कारण राजनीतिक पार्टीहरुले देशमा निम्त्याएको अस्थिरता नै हो । त्यतिवेला शुरु भएको अस्थिरता आजसम्म कायम छ । राजनीतिक पार्टीहरु सच्चिने, सुधारिने छाटकाट कतै देखिदैन । अझै पनि मानिस बराल्न लालयितछन् । कहिले कता कहिले कता हजारौ मासिन राजनीतिक पार्टीको भाषण सुन्न जान तयार तर ढिलो गरी विकास काम हुने देशमा जलविद्युत बनिरहेका ठाउमा,सडक वनिरहेका ठाउँमा, भवन वनाईरहेका ठाउँमा श्रमदान हजारौले महिनाको एक दिन मात्र पनि गर्दा कति छिटो काम हन्थ्यो होला कल्पना गरौ । विकासको सपना देखौ । काम गरौ पुरा गरौ भनेर लाग्यो भने के नेपाल बन्दैन र ? यस्तो राम्रो देशलाई हित हुने काम गर्न छोडेर जिन्दावाद, मुर्दावाद, नारा, जुलुस्, धर्ना, युद्ध चौविसै घण्टा गफ लगाउन सक्ने तर एक मिनेट काम गर्न अल्छी मान्ने पार्टीका नेता, त्यस्तै नेताको कुरा सुनेर विग्रेका कार्यकर्ता तिनै विग्रेका कार्यकर्ताले सिकाएका जनता तिनै विग्रेका कार्यकर्ताले सिकाएको नकरात्मक शिक्षा पाएका जनताले जन्माएका सन्तानको मनोवृति देशमा यस्तै अस्थिरताहरुमा रमाउने विकराल चलन छ ।
यस्तो चलनलाई सकरात्मक आन्दोलन शान्तिपूर्ण ढंगवाट परास्त गरेर सकात्मक सोचका साथ नीति, विधि, विधान, बनाएर तत्कालको तत्कालै परिणाम आउने, तत्कालीन नीति, मध्यकालीन नीति, दिर्धकालीन नीति आजको अवश्यकता हो । तर त्यस्तै भईराखेको छैन । अस्थिरतामा देशलाई फसाउन र सिमित हत्तियार तस्करहरु, माफियाहरु, सक्रीय भईराखेको देखिन्छ । जनताले यस्ता देश विरोधि मानवता विरोधि तत्वहरुलाई चिनेर तीनिहरुले अस्थिरतावादी तत्वहरुलाइ बढाउन जनताले असफल बनाउनुपर्छ । देश सफल बनाउनुपर्छ । जनता खुशी बनाउनुपर्छ ।
२०८० मंसिर १२ गतेको जन आकाश साप्ताहिकमा प्रकाशित सम्पादकीय
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend