logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

‘परदेशी २’ले प्रदर्शनको ५१औँ दिन पार गरेको उपलक्ष्यमा केक काट्दै


  • जन आकाश
  • आइतबार, मंसिर १७ २०८०

काठमाडौं ।   नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ले प्रदर्शनको ५१औँ दिन पार गरेको छ । फिल्मले शनिवारबाट प्रदर्शनको ५१औँ दिन पुरा गरेको हो । निर्माण युनिटले फिल्मले ५१ औँ दिन पार गरेको उपलक्ष्यमा केक काट्दै खुसी साटासाट गरेका छन् ।



कार्यक्रममा फिल्मका कलाकार प्रकाश सपुत, केकी अधिकारी, निर्माता राजेश वंशल, निर्माता छविराज ओझा लगायत सहभागी थिए । गत दसैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको फिल्ममा प्रकाश सपूत, केकी अधिकारी र वर्षा सिवाकोटी स्टारको मुख्य भूमिका छ ।

फिल्मले काठमाडौँको अष्टनारायण पिक्चर्स, गोपीकृष्ण मुभिज र आइएनआई सिनेमाज बानेश्वर र उपत्यका बाहिरको बुटवलको मिलन सिनेमा हल, दाङको श्री गणेश सिनेमा हल र भिएफएक्स सिनेमाज, कावासोतीमा रहेको कावासोती सिनेम्याक्स, नेपालगञ्जमा रहेको सिने रोयल, पोखराको श्रीकृष्ण हलमा ५१औँ दिन मनाउन सफल भएको निर्माता राजेश वंशलले जानकारी दिए ।

फिल्मले घरेलु बक्स अफिसमा ८ करोड हाराहारी ग्रस कलेक्सन गरेको छ । मानकृष्ण महर्जनको छायाङ्कन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

फिल्म नेपालको अलवा यूएई, कतार, इराक, ओमान, बहराइन लगायतका मध्यपूर्वका देशमा प्रदर्शन भइरहेको छ । अमेरिकाको पनि विभिन्न सहरमा फिल्मको प्रदर्शन सुरु भएको छ । निर्देशक रायमाझी स्वयं नै यतिबेला फिल्म प्रदर्शनका लागि अमेरिका पुगेका छन् । फिल्म कोरिया, अस्ट्रेलिया, यूके, हङकङ, न्यूजिल्याण्ड, क्यानडासँगै भारतमा समेत प्रदर्शन हुने तयारीमा रहेको निर्माता वंशलको धारणा रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend