जन आकाश
नेपाल देश विकासको लागि सम्भावना नै सम्भावन भएको देश हो, नेपाल प्राकृतिक, धार्मिक, पौराणिक सवै क्षेत्रमा उत्तिक्कै धनि छ । तर ति महत्वका बिषयहलाई चिन्न नसक्दा,सदुपयोग गर्न नजान्दा यस्ता महत्वपूर्ण प्राकृतिक, धार्मिक, पौराणिक, सास्कृतिक लगायत क्षेत्रहरुमा सोचेजस्तो आम्दानी, प्रगति गर्न सकेका छैनौ । तै पनि नेपालीहरु विश्वका मानव जातिहरु मध्य मानवताको. पक्षमा काम गर्नेमा पर्दछन् । चाहे त्यो जय पृथ्वि बहादुर हुन् वा बौद्ध दर्शन उत्पतिकार सिद्धार्थ गौतम वा त्यतिवेला ईन्जिनियर अरनिको तिनै माहामानवहरुको अनुसरण सर्ने नेपालीहरु मानाताको पक्षमाछन् ।
त्यस्तै पछिल्लो उदारण श्याल्पा तेन्जिङ रेन्पोछेले विश्व भ्रमण गर्ने क्रममा विश्वमा भईरहेको अशान्ति मानवताहरु वीचमा भईरहेको लडाई झागडा देखेर आफू प्रभावित भई मानिसहरुलाई खुशी दिलाउन शान्ति क्षेत्र निर्माण गरेर विश्वका मानव जनतलाई शान्ति आनान्द हृदयवाट आउनुपर्छ । यसरी आ–आफ्नो भावनावाट शान्ति आएपछि विश्वमा नै शान्तिमय हुन्छ । त्यो भावना जगाउन कुनै जात, धर्म, बर्ण, रङग नभनेर सवै एकठाउँ जम्मा भई शान्ति सदभावना बाड्न श्याल्पा तेन्जिङ रेन्पोछेले विश्व शान्ति धाम निर्माण गर्न लागेका छन् ।
उक्त अभियानलाई सवैले साथ दिऔ यस अभियानले विश्वका मानिसहरुमा भड्कदै गएको नकरात्मक सोचमा परिवर्तन आउछ । त्यो परिवर्तन ल्याउने सोच नेपालका धर्म गुरु श्याल्पा तेन्जिङ रेन्पोछेले प्रर्यास गरेकाछन् । यो अत्यन्तै मानवीय पवित्र काम हो । यस कामले नेपालको लुम्बिनी क्षेत्रमा भएको हुनाले महत्वपूर्ण पनि छ । नेपालको लागि झनै गौरवापूर्ण ईतिहास पनि हुनेछ भने विश्वाका मानिसहरुका लागि शान्तिको आभास गर्न र विश्वका राष्ट्रहरु युृद्ध भैझगडा गरिरहेका देशहरुले नेपालमा आएर शान्ति धाममा एकैपटक शान्तिको सन्देश विश्वमा फैलाउने र द्धष हटाएर मानवताको पक्षमा काम गर्ने कोशेढुङगा सावित हुन्छ ।
यस शान्ति धाम निर्माणले नेपाललाई विश्व सामु विश्वका शान्ति दुत गौतम बुद्धको जन्मस्थल भनेर चिनाउन मद्धत पुग्छ भने । अर्को तर्फ नेपालको अर्थतन्त्रमा पनि टेवा पुग्ने देखिन्छ । शान्तिका दुुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी र त्यसै क्षेत्रभित्र बन्ने कुनै जाति,धर्म, लिङग, बर्ण नभनि विश्व मानव जगतको लागि बन्ने विश्व शान्ति धामले नेपालमा आउने विश्वका मानव जातिले भ्रमण गर्दा त्यस क्षेत्रका स्थानीयले उत्पादन गरेका कृषि सामग्रीले स्थान पाउनुका साथै होटल व्यवसायी लगायतले मनग्य आम्दानी समेत गर्न सक्छन् ।
त्यसकारण यस्तो पवित्र कामलाई विदेशी नागरिकहरुले समेत साथ दिईरहेकाछन् । भने नेपाली नागरिकहरुले जस्तो खालको सहयोग गर्न सकिन्छ त्यस्तै सहयोग गरेर यहि मंसिर ३० गते शान्ति धाम निर्माण गर्न श्रमदानको कार्यक्रम रहेको छ । त्यस कार्यक्रममा सहभागी भई श्रमदान गरेर सहयोग गर्न सकिन्छ । तयसैगरी मुठ्ठीदान गरेर अर्थात एक रुपैया दान भन्ने योजना श्याल्पा तेन्जिङ रेन्पोछेले अभियान चलाएका छन् । विश्व शान्ति धामको क्यु आर कोड मार्फत सहयोग रकम जम्मा गरेर पनि सहयोग गर्न सकिन्छ ।
यो महत्वपूर्ण कामलाई सवैले साथ दिऔ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend