जन आकाश
काठमाडौं । बलिउड फिल्म “टाइगर ३” ओटिटी रिलिजलाई लिएर चर्चामा आएको छ । यो फिल्म नोभेम्बर १२ मा सिनेमा हलमा प्रदर्शन भएको थियो। भारतीय संचारमाध्यमका अनुसार फिल्मले ४५० करोड भारू कमाइसकेको छ ।
हलमा रिलिज भएको ३ महिनापछि फिल्म अमेजन प्राइममा रिलिज हुने बताइएको छ । मनिष शर्माले निर्देशन गरेको फिल्ममा सलमान खान, कट्रिना कैफ र इमरान हाशमीको मुख्य भूमिका छ । यो यशराज फिल्म्सको स्पाई युनिभर्सको पाँचौ फिल्म हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend